इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पाकिस्तानी संसद्‍द्वारा खारेज « Khabarhub

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पाकिस्तानी संसद्‍द्वारा खारेज


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्ताव खारेज गरिएको छ । संसद्का उपसभामुख कसिम खान सुरीले संविधानको धारा ५ का आधारमा प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज गरिएको बताएका हुन् ।

सभामुख असद कुशैरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराइएका कारण उपसभामुखले तल्लो सदन राष्ट्रिय सभाको अध्यक्षता गरेका हुन् ।

पाकिस्तानी संविधानको धारा ५ मा हरेक नागरिक राज्यप्रति वफादार रहनुपर्ने तथा विश्वको जुनसुकै ठाउँमा रहेको पाकिस्तानी नागरिक वा पाकिस्तानमा रहने जो कोहीले पनि पाकिस्तानी संविधान एवम् कानून मान्नुपर्ने उल्लेख छ ।

प्रधानमन्त्री खानले आफूलाई विदेशी शक्तिले हटाउन चाहेको दाबी गर्दै आएका थिए । प्रधानमन्त्रीको यही दाबीका आधारमा धारा ५ अनुसार अविश्वासको प्रस्ताव खारेज गरिएको सूचना मन्त्री फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्ताबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । उनले कुनै पनि विदेशी शक्तिलाई पाकिस्तानी सरकार भंग गर्न नदिइने समेत बताएका छन् ।

संसद्मा अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला विपक्षीसँग १७४ मत रहेको डनले जनाएको छ । त्यहाँ अविश्वासको प्रस्ताव पारित गर्न केबल १७२ सिट पर्याप्त हुन्छ ।

यता विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी पीपीपीका नेता विलावल भुट्टो जर्दारीले भने अविश्वासको प्रस्तावमाथि मतदन हुन नदिएर सरकारले नै संविधानको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ४८ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका