युक्रेनमा युद्ध अपराध गरेको भन्दै रुसमाथि प्रतिबन्ध लगाउन जर्मनीको आह्वान « Khabarhub

युक्रेनमा युद्ध अपराध गरेको भन्दै रुसमाथि प्रतिबन्ध लगाउन जर्मनीको आह्वान


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले युक्रेनको बुचा शहरमा युद्ध अपराध गरेको भन्दै रुसविरुद्ध युरोपेली युनियन ईयूले प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ ।

जर्मन उपचान्सलर एवम् अर्थमन्त्री रोबर्ट हबेकले रुसले उक्त शहरमा ‘संगीन युद्ध अपराध’ गरेको भन्दै यस्तो माग गरेका हुन् ।

जर्मनीको बिल्ड अखबारसँग कुराकानी गर्दै उनले भने, ‘यस्तो संगीन युद्धअपराधको जवाफ नखोजि बस्न सकिन्न ।’

उनले रुसविरुद्ध थप प्रतिबन्धबारे पनि ईयूका सदस्यहरुसँग कुराकानी भइरहेको बताए । उनले भने, ‘मेरो विचारमा अझ सशक्त प्रतिबन्धहरु चाहिएको छ । ईयूका हाम्रा साझेदारहरुसँग हामी यसको तयारीमा छौं ।

बुचाबाट रुसी सेना फर्किएपश्चात सामूहिक चिहानमा ३०० युक्रेनीको शव भेटिएपछि रुसले त्यहाँ गरेको भनिएको युद्ध अपराधबारे अनुसन्धान गर्न अन्तर्राष्ट्रिय दबाब सिर्जना भइरहेका बेला जर्मन उपचान्सलरको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : ११ बजे

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी