रुसी मुद्रामा ग्यासको भुक्तानी हुनुपर्ने पुटिनको भनाइ « Khabarhub

रुसी मुद्रामा ग्यासको भुक्तानी हुनुपर्ने पुटिनको भनाइ


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु मुलुक’ हरुले रुसद्वारा आपूर्ति गरिएको ग्यासको मूल्य रुसी मुद्रा रुबलमा तिर्नुपर्ने बताएका छन् ।

आफ्ना मन्त्रीहरूसँगको बैठकका क्रममा उनले रुसी ग्यास आपूर्तिको भुक्तानी रुसी मुद्रामा नै हुनुपर्ने बताएका हुन् ।

‘हामी यसअघि निर्धारित सम्झौता अनुसारको आयतन र मूल्यमा निरन्तर ग्यास आपूर्ति गर्नेछौँ ।’ उनले भने, ‘भुक्तानीको मुद्रामा मात्रै यो परिवर्तन लागू हुनेछ, जुन चाहिँ रुसी मुद्रामा परिवर्तन गरिनेछ ।’

पुटिनले ग्यासको भुक्तानी मुद्रामा परिवर्तनका लागि एक साताको म्याद निर्धारण गरेको जनाइएको छ ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको दण्डस्वरूप पश्चिमा मुलुकले रुसमाथि नाकाबन्दी लगाएपछि त्यहाँको अर्थतन्त्र ओरालो लागिरहेको र रुसी मुद्राको मूल्य पनि घटिरहेका बेला पुटिनको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ०७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको