मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि | Khabarhub Khabarhub

मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ ।

रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ । महिनाको सुरवातसँगै आइतबार पहिलो रोजा (ब्रत) अधिकांश मुस्लिमहरु बसे ।

इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् ।

सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु)गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।

रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ ।

पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।

रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पुरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो । हाफिजले यो महिनामा ३० खण्डमा रहेको कुरान तरावी पढ्ने नमाजीलाई नमाज मार्फत सुनाउनुपर्छ । तर देश अहिले कोरोना महामारीको जोखिमले गर्दा रौनकता छैन ।

झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।

यस महिनामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा इदको नमाज पढ्नुभन्दा अगावै दिनुपर्ने मान्यता छ । रमजानको अन्तिम दिन चन्द्रमा हेरेसँगै भोलिपल्ट इदुलफित्र इद मनाइन्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : २५ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको