युक्रेनका रुसी अधिनस्थ क्षेत्रमा सामूहिक चिहान फेला « Khabarhub

युक्रेनका रुसी अधिनस्थ क्षेत्रमा सामूहिक चिहान फेला


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि आक्रमण गरिरहेको रुसी सेना राजधानी किभ नजिकका क्षेत्रबाट फर्किएसँगै त्यहाँ सयौँ शव फेला परेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार किभ नजिकैको बुचा शहरमा तीन सय भन्दा धेरै शव गाडिएका सामूहिक चिहान फेला परेका हुन् ।

फेला परेका धेरै शवमा विभत्स हत्या भएको संकेत मिलेको जनाइएको छ । केहीको हात पछाडि बाँधिएको र टाउकोमा गोली लागेको थियो । रुसी सेनाले सहर छोडेपछि विभत्स हत्या भएका शव धमाधम फेला परेको बेलायतबाट प्रकाशित हुने गार्जियन अखबारको अनलाइन संस्करणले जनाएको छ।

बुचा शहरका मेयर अनातोली फेदोरुकले समाचार संस्था एएफपीलाई बताएअनुसार मारिनेमध्ये धेरैको शरीरका धेरै अङ्गमा घाउ देखिएको छ ।

रुसी सेनाको गैरन्यायिक हत्याको शिकारमा सयौँ सर्वसाधारण परेका छन् । मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका छन् । 

तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्वीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ ।

यसैक्रममा बेलायत, जर्मनी लगायतका मुलुकले बुचामा भएको भनिएको युद्ध अपराधबारे छानबिन हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : ५९ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार