अस्पताल जाने मुख्य सडकमै राप्रपाको आमसभा « Khabarhub

अस्पताल जाने मुख्य सडकमै राप्रपाको आमसभा


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – मुख्य सडक बन्द गरेर राप्रपाले रुपन्देहीमा जिल्लास्तरीय आमसभा गर्दै छ ।

जिल्लाकै ठूलो अस्पताल युनिभर्सल मेडिकल कलेज जाने मुख्य बाटो छेकेर राप्रपा रुपन्देहीले आमसभा आयोजना गरेको हो ।

देशव्यापी देश दौडाहामा नियमित आमसभा र चुनावलाई लक्षित गरी आमसभा गर्नका लागि मुख्य सडकमैत्री पथदेखि खजहना चोकसम्म सडक बन्द गरिएको छ ।

सडक बन्दले यात्रु तथा पैदल यात्रीले समेत सास्ती खेप्नु परको छ । मुख्य सडकमै स्टेज बनाएर सभा गरिनेछ । आठ सदस्यीय समिति बनाएर जिल्ला समितिले हजार बढिलाई पार्टी प्रवेश गराउने दाबी गरेको छ ।

राप्रपा जिल्ला अध्यक्ष सागर राणाले अहिलेको बेथिति र भ्रष्टाचारको विरोधमा राष्ट्रियताको जगेर्ना घुम्ने खतराबाट बचाउन सडकमा आमसभा गर्न लागिएको बताए । आम सभाको लागि ठाउँ नभएकोले यात्रुहरुका लागि वैकल्पिक मार्ग डाइभर्सन दिएर गर्न लागिएको हो र यो ७५ औँ देशव्यापी कार्यक्रम रहेको अध्यक्ष राणाले भने ।

चुनावी सभामा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुव प्रधान, वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वमन्त्री निरञ्जन थापा, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्नेछन् ।

राप्रपाको सडकमा हुने सभाको समाजिक संजालमा पनि टिकटिप्पणी भएका छन् । रुपन्देहीका प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारीले जानकारी गराएर आम सभा गर्न लागिएको बताए । पहिला बजार क्षेत्र पवनको अगाडि गरिँदै आएको सभा यसपटक बजारभन्दा केही बाहिर गर्न लागेको हो र डाइभर्सन मिलाएर कार्यक्रम गर्न लागिएको उनले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १ : ३८ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार