४२ लाख शरणार्थीले युक्रेन छाडे « Khabarhub

४२ लाख शरणार्थीले युक्रेन छाडे


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेको संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय युएनएचसीआरले जनाएको छ । विज्ञप्ति जारी गर्दै युएनएचसीआरले यस्तो जानकारी दिएको हो ।

युएनएचसीआरका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् । पछिल्ला पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेको युएनएचसीआरले जनाएको छ ।

देश छाड्नेहरूमध्ये ९० प्रतिशत महिला तथा बालबालिका रहेको जनाइएको छ । सरकारले १८ देखि ६० वर्षका पुरुषलाई सैन्य भर्नाका लागि आह्वान गरेकाले उनीहरूले चाहेर पनि देश छाड्न नपाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै छिमेकी मुलुकहरु पोल्याण्ड, हंगेरी रोमानियामा युक्रेनी शरणार्थीको चाप अत्यधिक बढेको बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : ४४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र