लागूऔषधसहित तीन युवा पक्राउ « Khabarhub

लागूऔषधसहित तीन युवा पक्राउ


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – शिशुवास्थित इलाका प्रहरी कार्यालय र गगनगौडास्थित वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले छ सय एम्पुल लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–३० पावरहाउस नजिक सवारी साधन जाँच गर्ने क्रममा तनहुँबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने २६ वर्षीय अमित शर्मा, वडा नं १३ बस्ने २६ वर्षीय गोपी लोनिया र सोही वडाका २२ वर्षीय प्रदीप बानियाँ पक्राउ परेका हुन् ।

उनीहरुका साथबाट डाइजापाम, फेनेरागन र नुर्फिन ६०० एम्पुल र एक थान मोबाइल फेला परेको कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई जिल्ला अदातलबाट लागूऔषधसम्बन्धी मुद्दामा दस दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : ४४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने