बाटो बिराएका थियौँ, अब सच्चिन्छौँँ : अध्यक्ष थापा « Khabarhub

बाटो बिराएका थियौँ, अब सच्चिन्छौँँ : अध्यक्ष थापा


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले बाटो बिराएको भन्दै अब सच्चिएर अघि बढ्ने बताएका छन् ।

संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रको एजेण्डा लिएर अघि बढेका अध्यक्ष थापाले अहिले राजतन्त्र आवश्यक नरहेको बताउन थालेका छन् । गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा नेपालमा प्रवेश गरेका थापाले आफूलाई राजदरबारले हराएको भन्दै राजसंस्थाको एजेण्डा त्यागेको बताउँदै आएका छन् ।

राप्रपा महाधिवेशको बन्दसत्रमा राजसंस्थाको आवश्यकता र अपरिहार्यताबारे व्याख्या गर्दै प्रतिवेदन पेस गरेका थापा अध्यक्षमा पराजित भएपछि पूर्व राजपरिवारप्रति आक्रोशित हुँदै आएका छन् ।

राप्रपा नेपाल रामेछाप जिल्ला समितीद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बताए ।

विगतमा ठूलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्विकारेका उनले नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल भइरहेको आरोप लगाए ।

बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेलअनुसार ठूला भनिने दलहरू मुलुकको स्वधिनता र समृद्धिमा भन्दा ब्रह्मलुटमा केन्द्रित भएको समेत आरोप लगाएका उनले भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरुको विकल्प खोज्नुपर्ने बताए ।

धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द तर्फ जानेमा समेत थापाको चिन्ता थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : २४ बजे

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं– विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगञ्ज– बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच

नेपाल बिमा प्राधिकरणसँग छलफल

काठमाडौं– प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा

सेबोनको कार्यालय घेर्न पुगे शेयर कारोबारीहरू 

काठमाडौं– मंगलबार बिहान उनीहरू सेबोनको कार्यालय घेर्न पुगेका छन् । 

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय