बाटो बिराएका थियौँ, अब सच्चिन्छौँँ : अध्यक्ष थापा | Khabarhub Khabarhub

बाटो बिराएका थियौँ, अब सच्चिन्छौँँ : अध्यक्ष थापा


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले बाटो बिराएको भन्दै अब सच्चिएर अघि बढ्ने बताएका छन् ।

संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रको एजेण्डा लिएर अघि बढेका अध्यक्ष थापाले अहिले राजतन्त्र आवश्यक नरहेको बताउन थालेका छन् । गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा नेपालमा प्रवेश गरेका थापाले आफूलाई राजदरबारले हराएको भन्दै राजसंस्थाको एजेण्डा त्यागेको बताउँदै आएका छन् ।

राप्रपा महाधिवेशको बन्दसत्रमा राजसंस्थाको आवश्यकता र अपरिहार्यताबारे व्याख्या गर्दै प्रतिवेदन पेस गरेका थापा अध्यक्षमा पराजित भएपछि पूर्व राजपरिवारप्रति आक्रोशित हुँदै आएका छन् ।

राप्रपा नेपाल रामेछाप जिल्ला समितीद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बताए ।

विगतमा ठूलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्विकारेका उनले नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल भइरहेको आरोप लगाए ।

बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेलअनुसार ठूला भनिने दलहरू मुलुकको स्वधिनता र समृद्धिमा भन्दा ब्रह्मलुटमा केन्द्रित भएको समेत आरोप लगाएका उनले भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरुको विकल्प खोज्नुपर्ने बताए ।

धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द तर्फ जानेमा समेत थापाको चिन्ता थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : २४ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको