सबै दललाई सरकारमा सहभागी हुन श्रीलंकाली राष्ट्रपतिको आह्वान « Khabarhub

सबै दललाई सरकारमा सहभागी हुन श्रीलंकाली राष्ट्रपतिको आह्वान


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चरम आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले देशका सबै राजनीतिक दलहरूलाई सरकारमा सहभागी हुन आह्वान गरेका छन् । राष्ट्रिय संकटको समाधान खोज्नका लागि एकजुट भएर काम गर्न भन्दै उनले मुलुकका सबै दललाई सरकारमा सहभागी हुन आमन्त्रण गरेका हुन् ।

आह्वानपत्रमा राष्ट्रपतिले वर्तमान संकट धेरै आर्थिक र विश्वव्यापी चिन्ताको परिणाम भएको र यसलाई देशको लोकतान्त्रिक प्रक्रियाभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

‘एसियाको एक अग्रणी लोकतन्त्रका भएका नाताले यो संकटलाई लोकतन्त्रको ढाँचामा नै सम्बोधन गर्न आवश्यक छ,’ पत्रमा भनिएको छ, ‘नागरिक र भावी पुस्ताको हितमा राष्ट्रिय हितमा मिलेर काम गर्नुपर्छ।’

श्रीलंका हाल खाद्यान्न र इन्धन अभावको साथ गम्भीर आर्थिक संकटसँग लडिरहेको छ। कोभिड–१९ को महामारीको सुरुवातदेखि नै श्रीलंकाको अर्थतन्त्र धरापमा छ ।

नयाँ सरकार गठन गर्नका लागि सरकारमा सहभागी सबै २६ जना मन्त्रीहरूले मार्ग प्रशस्त गर्दै राजिनामा दिन सहमति जनाएको श्रीलंकाको अङ्ग्रेजी भाषाको पत्रिका डेली मिररले उल्लेख गरेको छ।

यसैबीच त्यहाँ शनिबार साँझ ६ बजे लगाइएको ३६ घण्टा लामो कर्फ्यू सोमबार बिहान ६ बजे हटाइएको थियो तर देश अझै पनि आपतकालीन अवस्थामा छ ।

सरकारले शनिबार फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युब लगायतका सामाजिक मिडिया प्लेटफर्महरूको पहुँचमा रोक लगाएको थियो तर आइतबार दिउँसोबाट प्रतिबन्धलाई हटाइएको थियो ।

यसअघि शनिबार भारतले श्रीलंकालाई ४० हजार मेट्रिक टन डिजेल पठाएको थियो जसमा श्रीलंकाको विद्युत् सङ्कटलाई कम गर्ने ठानिएको थियो ।

यसबाहेक भारतले पछिल्लो ५० दिनमा श्रीलंकालाई करिब २ लाख मेट्रिक टन इन्धन आपूर्ति गरेको जनाइएको छ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : १५ बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण