आवश्यकता भए मात्रै गठबन्धन गर्नू : डा. कोइराला « Khabarhub

आवश्यकता भए मात्रै गठबन्धन गर्नू : डा. कोइराला


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय आवश्यकताका आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । 

कास्कीमा सोमबार कार्यकर्तासँग भेटघाट गर्दै उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकाले आवश्यकता भए मात्रै गठबन्धन गर्न आग्रह गरे ।

‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस् । सबै ठाउँमा गर्नुपर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला ।

यसले पार्टीलाई नोक्सानी हुन्छ ।’ अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन अनुरोध गरे ।

केन्द्रिय सदस्य समेत रहेका उनले कांग्रेसको विधान अनुसार टिकट वितरणको मापदण्ड बनाउन निर्देशन दिएका छन् ।

‘जथाभावी टिकट वितरण गर्ने होइन। सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ,’ उनले भने । अर्का केन्द्रिय सदस्य मधु आचार्यले अरु दलहरु पनि कांग्रेसको एजेन्डामा चुनावी तालमेलका लागि तयार हुनुपर्ने बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : १८ बजे

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं– विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगञ्ज– बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच

नेपाल बिमा प्राधिकरणसँग छलफल

काठमाडौं– प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा

सेबोनको कार्यालय घेर्न पुगे शेयर कारोबारीहरू 

काठमाडौं– मंगलबार बिहान उनीहरू सेबोनको कार्यालय घेर्न पुगेका छन् । 

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय