भिक्टर ओर्बान पाचौँ पटक हंगेरीका प्रधानमन्त्री बन्ने | Khabarhub Khabarhub

भिक्टर ओर्बान पाचौँ पटक हंगेरीका प्रधानमन्त्री बन्ने


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हंगेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर ओर्बान नेतृत्वको गठबन्धन पुनः विजयी भएको छ । यससँगै उनी अब पाँचौँ पटक प्रधानमन्त्री बन्ने भएका छन् ।

त्यहाँको निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार नयाँ संसद् गठनका लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठबन्धन विजयी भएको हो ।

फिडेस नेतृत्वको गठबन्धनले ५३ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । विपक्षी छ पार्टीको गठबन्धनले भने ३३.५५ प्रतिशत मात्रै मत प्राप्त गरी दोस्रो भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कुल १९९ संसदीय सिट मध्ये १३४ सिटमा सत्तारुढ गठबन्धन विजयी भएको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा ओर्बान नेतृत्वको गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो । गठबन्धनले यसअघि सन् २०१८, २०१४ र २०१० मा पनि संसद्मा बहुमत ल्याउँदै सरकार गठन गरेको थियो ।

मतपरिणाम सार्वजनिक भएसँगै सत्तारुढ दलका नेताहरूले देशभरी खुशियाली मनाएको समाचारमा जनाइएको छ । देशभरी ७० लाख ८० हजार जना मतदानका लागि योग्य रहेको बताइएको छ । निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्र तय गरिएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ०४ बजे

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो

आजका समाचार : दश वामशक्तिबीच एकता, झलनाथ पनि मिसिए, रामकुमारीहरू एमालेतिर जाने र अमेरिकी सरकारी शटडाउन इतिहासकै लामो

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित नेकपा (माओवादी केन्द्र)र