भिक्टर ओर्बान पाचौँ पटक हंगेरीका प्रधानमन्त्री बन्ने « Khabarhub

भिक्टर ओर्बान पाचौँ पटक हंगेरीका प्रधानमन्त्री बन्ने


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हंगेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर ओर्बान नेतृत्वको गठबन्धन पुनः विजयी भएको छ । यससँगै उनी अब पाँचौँ पटक प्रधानमन्त्री बन्ने भएका छन् ।

त्यहाँको निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार नयाँ संसद् गठनका लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठबन्धन विजयी भएको हो ।

फिडेस नेतृत्वको गठबन्धनले ५३ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । विपक्षी छ पार्टीको गठबन्धनले भने ३३.५५ प्रतिशत मात्रै मत प्राप्त गरी दोस्रो भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कुल १९९ संसदीय सिट मध्ये १३४ सिटमा सत्तारुढ गठबन्धन विजयी भएको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा ओर्बान नेतृत्वको गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो । गठबन्धनले यसअघि सन् २०१८, २०१४ र २०१० मा पनि संसद्मा बहुमत ल्याउँदै सरकार गठन गरेको थियो ।

मतपरिणाम सार्वजनिक भएसँगै सत्तारुढ दलका नेताहरूले देशभरी खुशियाली मनाएको समाचारमा जनाइएको छ । देशभरी ७० लाख ८० हजार जना मतदानका लागि योग्य रहेको बताइएको छ । निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्र तय गरिएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ०४ बजे

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य