रुसले आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने « Khabarhub

रुसले आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रूसले आफ्नो देशलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने आदेशपत्रमा हस्ताक्षर गरेको छ।

रुसले मस्कोका नजरमा ‘मैत्रीपूर्ण’ ठहर नभएका मुलुकका नागरिकलाई भिसा जारी नगर्ने आदेशपत्रमा सोमबार हस्ताक्षर गरेको हो।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसमाथि अमेरिका, क्यानाडा र बेलायतलगायत युरोपेली मुलुकले आर्थिक प्रतिबन्ध लगाएका छन्। यो कदमप्रति रुष्ट रुसले यस्तो कदम चालेको हो।

समेबार जारी भएको आदेशपत्र अनुसार रूसले नर्वे, स्वीट्जरल्याण्ड, डेनमार्क र आइसल्यान्डलगायत केही युरोपेली राष्ट्रका नागरिकलाई भिसा जारी नगर्ने भएको छ।

रुसले जारी गरेको आदेशपत्रले रूसी विदेश मन्त्रालयलाई रूसविरुद्ध शत्रुतापूर्ण व्यवहार गर्ने विदेशी व्यक्ति विशेष तथा त्यस्ता मुलुकका कानुनी निकायलाई रूस प्रवेश गर्नबाट रोक्न निर्देशन दिएको हो। यो खबर रोयर्टसमा छ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : २७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर