स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउँछौँ : गुरुराज घिमिरे | Khabarhub Khabarhub

स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउँछौँ : गुरुराज घिमिरे


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाली कांग्रको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले स्थानीय सरकारको काम प्रभावकारी बनाउन स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउने जनाएको छ ।

जनताका आवश्यकताका आधारमा काम गर्ने, भौतिक पूर्वाधारलाई प्राथमिकता दिने र स्थानीय स्रोत साधानको उच्चतम प्रयोग गरी साधन स्रोत सम्पन्न सरकार बनाउने गरी मार्गचित्रलाई घोषणापत्रमा उल्लेख गरिने समिति सदस्य गुरुराज घिमिरेले बताए ।

उनले एकाधबाहेक वर्तमान स्थानीय सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको टिप्पणी पनि गरे ।

‘स्थानीयको परिकल्पना हामीले जनताको नजिकको सरकारको रूपमा गरेका हौँ । तर, काम प्रभावकारी भएन एकाधबाहेक । अब जनताले अनुभूति गर्नेगरीको कार्यक्रम समावेश गरेर स्थायी सरकारको स्पष्ट मार्गचित्र घोषणापत्रमा समावेश गर्छौं,’ घिमिरेले भने ।

सोमबार महामन्त्री गगनकुमार थापाको संयोजकत्व रहेको समितिमा २८ थप गरिएको थियाे ।

समिति सदस्यहरूमा डा. आरजु राणा देउवा, मधु आचार्य, प्रा. डा. गोविन्दराज पोखरेल, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुंगाना, दिलिपप्रताप खाँण, वंशलाल तामाङ, विजय शंकर यादव, उमा थापा मगर, भुपेन्द्र राई, ममता महतो, डा. जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शंकर तिवारी, पुरुषोत्तम नेपाल, डा. इन्द्रा अधिकारी, डा. अभिमन्यु सिंह, डा.बुद्धिमान श्रेष्ठ,  मनिष झा, जिमी लामा र शिलशिला आचार्य रहेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ३७ बजे

सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन

काठमाडौं– सुरक्षाका लागि तपाईंले अफिस, पसलदेखि घरमा सीसी क्यामेरा जडान

श्रीकृष्णजन्मष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्णजन्माष्टमी पर्व आज (शनिबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी

टप टी-२० सिरिज : दोस्रो खेलमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको