धोनीले लगाएको पञ्जाले तहल्का– आइसीसीले बीसीसीआईलाई पत्र काट्यो « Khabarhub

धोनीले लगाएको पञ्जाले तहल्का– आइसीसीले बीसीसीआईलाई पत्र काट्यो


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीले प्रयोग गर्ने विकेटकिपीङ गोलोव्समा भएको स्टीकर हटाउन आईसीसीले भारतीय क्रिकेट बोर्डलाई पत्राचार गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकासँगको खेलमा उनले भारतीय सेनाले प्रयोग गर्ने उक्त लोगो प्रयोग गरेपछि सामाजिक सञ्जालमा उनको चर्चा भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले धोनीले उक्त लोगो प्रयोग गर्दा नियमविरुद्ध भएको भन्दै बीसीसीआईलाई उक्त लोगो पञ्जाबाट हटाउन लगाउन भन्दै पत्र काटेको छ ।

आईसीसीले पत्रकाटेपछि बोर्डले धोनीलाई उक्त लोगो हटाउन भनिसकेको बताएको छ । धोनीको पञ्जामा रहेको उक्त लोगो आन्दील फेह्लुक्वायोको विकेट लिँदा स्पष्ट देखिएको थियो । ‘आईसीसी सामाग्री तथा पोसाक नियमनले कुनै पनि राजनीतिक, धार्मीक र जातीय विभेद शृङजना गर्ने खालका वस्तु प्रयोग गर्न मनाही छ,’ आईसीसी नियमनमा उल्लेख गरेको छ ।

२०११ मा धोनीलाई लेफ्टीनेन्ट पद सम्मानस्वरुप दिइएको थियो । पछि उनी केही समय पारा रेजिमेन्टको अभ्यासमा पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ३ : १२ बजे

टोली लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली  शेरबहादुर देउवालाई

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल