सरकारमा आउन श्रीलंकाका राष्ट्रपतिले गरेको प्रस्ताव विपक्षीद्वारा अस्वीकार | Khabarhub Khabarhub

सरकारमा आउन श्रीलंकाका राष्ट्रपतिले गरेको प्रस्ताव विपक्षीद्वारा अस्वीकार


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– श्रीलंकाका विपक्षी पार्टीहरूले राष्ट्रपति गोटाबाय राजापाक्षेले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

देशमा खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक बस्तुको अभाव भएको भन्दै विपक्षीले राष्ट्रपतिको राजीनामा मागेको छ ।

राष्ट्रपतिले पूर्ण मन्त्रिपरिषद् नियुक्त नभएसम्म संसदको वैधानिकता र स्थायित्व कायम राख्न चार मन्त्रीहरूको नाम तोकेका छन् ।

विदेशी मुद्रा संकट र भुक्तानी सन्तुलनको समस्याले उत्पन्न आर्थिक अवस्थालाई गलत ढंगले व्यवस्थापन गरिएको भन्दै सर्वसाधारणले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शन नियन्त्रण गर्न सरकारले कफ्र्यु घोषणा गरेको थियो ।

आर्थिक संकटको विरोधमा उत्रिएका सर्वसाधारण नागरिकले केही दिनअघि राष्ट्रपतिको निवासअगाडि प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ११ बजे

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर– गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा– बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको

आजबाट जसपाको संघीय परिषद् बैठक

 काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्‌याउन थालियो

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका