यस्तो छ ‘यथावत्‌’ मौद्रिक नीतिको पहिलो समीक्षा (प्रतिवेदनसहित) « Khabarhub

यस्तो छ ‘यथावत्‌’ मौद्रिक नीतिको पहिलो समीक्षा (प्रतिवेदनसहित)


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार बिहान सार्वजनिक समीक्षा प्रतिवेदनमा मौद्रिक नीतिमा मौजुदा अधिकांश प्रावधानलाई केन्द्रीय बैंकले यथावत्‌ राखेको छ ।

गएको साउन ११ गते केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो । गभर्नर महाप्रसाद अधिकारीले लचक नहुने दाबी गरिरहँदा सरकारको प्रभावमा माथिल्लो वर्गलाई मौद्रिक सुविधा पुग्नेगरी लचिलो नीति जारी गरेका थिए ।

आज सार्वजनिक मौद्रिक नीति समीक्षा प्रतिवेदनमा नीतिगत दर यसअघिकै पाँच प्रतिशत यथावत छ । तल्लो तहको निक्षेप सङ्कलन दर ३ र माथिल्लो तहको बैंक दर ६.५ प्रतिशत नै कायम छ ।

मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम्‌ वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

‘मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ प्रतिवेदनमा लेखिएको छ ।

मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षा प्रतिवेदनः

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : ४७ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा