एमालेले राष्ट्रिय भेलाका निर्णय कार्यान्वयन गर्ने « Khabarhub

एमालेले राष्ट्रिय भेलाका निर्णय कार्यान्वयन गर्ने


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएको आगामी कार्यभार र  सङ्कल्पलाई सशक्त ढङ्गले कार्यान्वयन गराउने निर्णय गरेको छ । 

राष्ट्रिय भेला लगतै काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले भेलाबाट अनुमोदन भएको मुख्य दुई कार्यभार र १५ कामहरुलाई केन्द्रीय कमिटीका सदस्यहरू मार्फत प्रभावकारी तथा सशक्त ढङ्गले कार्यान्वयन गराउने निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

बैठकले मङ्सिरको २६ गते आयोजना हुने वडा अधिवेशन र पुसको ४ गते तय भएको पालिका तहको अधिवेशनलाई व्यवस्थित गरेर सकेसम्म सर्वसम्मत ढङ्गले र सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रिया पूरा गरेर सम्पन्न गर्न निर्देशन दिइएको बस्नेतले बताए ।

वडा तथा पालिका तहको अधिवेशनमा पनि सर्वसम्मत नहुने भए लोकतान्त्रिक प्रक्रियामा जानुपर्ने अवस्था आए जानुपर्छ भन्ने मान्यतामा रहेको उनले बताए । 

साथै उनले जुनसुकै बेला पनि पार्टीले आन्दोलन घोषणा गर्न सक्ने भएकाले सोहीअनुसार मानसिक रूपमा सम्पूर्ण पङ्क्तिलाई तयार राख्न निर्देशन दिइएको जनाए ।

त्यसअघि बिहीबार नै सम्पन्न राष्ट्रिय भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे आन्दोलनको तयारी गर्ने सहितको २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको थियो । 

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ५ : ४९ बजे

प्रोटोन ई.मास ७ ले एसेन एनक्याप अवार्ड्स २०२६ मा सुरक्षा विधामा जित्यो सम्मान

काठमाडौं– प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा नोभेम्बर १०

चितवनले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

चितवनले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

एमालेले राष्ट्रिय भेलाका निर्णय कार्यान्वयन गर्ने

काठमाडौं– नेकपा एमालको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएको

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले