इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय | Khabarhub Khabarhub

इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इण्डोनेशियाको वेष्ट जाभा प्रान्तको वाङडुङ शहरमा रहेको उच्च अदालतले बलात्कारको आरोपमा दोषी ठहर गर्दै इस्लामिक विद्यालयको शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

शिक्षक हेरी विरावनले १३ छात्राको बलात्कार गरेको अदालतको ठहर छ । सन् २०१६ र २०२१ को बीचमा हेरिले १२ देखि १६ वर्षीया १३ छात्रालाई बलात्कार गरेको र यी मध्ये ८ जना गर्भवती समेत बनेको जनाइएको छ ।

यसअघि गत फेब्रुअरी महिनामा तल्लो अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएपनि अभियोजक पक्षले मृत्युदण्डको सजाय हुनुपर्ने भन्दै उच्च अदालतमा पुनरावेदन गरेको थियो । अदालतको यो फैसलामाथि पुनरावेदन गर्ने वा नगर्ने विषयमा शिक्षकका वकिलले कुनै टिप्पणी गरेका छैनन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : ५२ बजे

राप्ती नदीमा जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बाँके– बाँकेका केही स्थानीय तहले राप्ती नदीमा पानीको सतहले चेतावनी

दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

काठमाडौं– दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा

हेर्नुहोस् पूर्व-पश्चिम रेलमार्गको अवस्था (तस्बिरहरू)

काठमाडौं– सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा