शपथ खाएको २४ घण्टा नपुग्दै श्रीलंकाली अर्थमन्त्रीद्वारा राजीनामा « Khabarhub

शपथ खाएको २४ घण्टा नपुग्दै श्रीलंकाली अर्थमन्त्रीद्वारा राजीनामा


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा अर्थमन्त्री नियुक्त भएको २४ घण्टा नपुग्दै अली साबरीले राजीनामा दिएका छन् । राष्ट्रपति गोताबाया राजापाक्षलाई पत्र लेख्दै राजीनामाको घोषणा गरेका हुन् ।

श्रीलंकाको अंग्रेजी अनलाइन पोर्टल डेली मिरर श्रीलंकाले जनाएअनुसार उनले आफूले अन्तरिम रुपमा मात्र मन्त्रीको जिम्मेवारी सम्हालेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

उनले यदी राष्ट्रपति राजापाक्षले संसदीय प्रणालीबाहिर गई समस्याको समाधान खोजेको भए आफू सांसद पदबाट समेत राजीनामा दिन तयार रहेको बताएका छन् ।

यसअघि श्रीलंकाका सबै २६ मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । मन्त्रीहरूको राजीनामापछि राष्ट्रपतिले साबरी सहित चार जनालाई हिजोमात्र विभिन्न मन्त्रालयको जिम्मेवारी दिई शपथ ग्रहण गराएका थिए ।

मन्त्रीहरुको सामूहिक राजीनामापछि राष्ट्रपतिले जारी समस्या समाधान गर्न संसद्मा रहेका सबै दलहरूलाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए । यद्यपि विपक्षीले भने राष्ट्रपतिको आग्रह अस्वीकार गरेको जनाइएको छ ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकामा प्रायः नियमितजसो प्रदर्शन हुँदै आएको छ । यसअघि प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षको घरमै पुगी हिंसात्मक प्रदर्शन गरेका थिए ।

प्रदर्शनबीच त्यहाँ आपतकाल लगाइएको छ । आपतकालका बावजुद प्रदर्शन जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ३ : ०२ बजे

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड