गठबन्धनका दलबीच जहाँ जो बलियो उसैको दाबी हुनेछ : माधव नेपाल « Khabarhub

गठबन्धनका दलबीच जहाँ जो बलियो उसैको दाबी हुनेछ : माधव नेपाल


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताएका छन् ।

आज कपिलवस्तुको शिवराज नगरपालिका–२ मा कार्यकर्तालाई अध्यक्ष नेपालले जुन क्षेत्रमा जसको पकड राम्रो छ उसैले दाबी गर्ने बताएका हुन् ।

यो क्षेत्रमा हामी बलिया छौँ। त्यसैले यहाँ हाम्रो दाबी रहने छ, उनले भने । नेता नेपालले मंगलबार बिहान पाँच दलबीच निर्वाचनमा मिलेर लड्ने सामूहिक रूपमा संकल्प भएको बताए ।

उनले वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पुर्‍याउने समेत दाबी गरे । एमालेप्रति इङ्गित गर्दै अध्यक्ष नेपालले बृद्धभत्ता लागू गर्ने, विधवा महिला, एकल महिला, अपाङ्गता भएकालाई भत्ता लागू गर्ने आफ्नो दल रहेको बताउँदै अरु नक्कली रहेको टिप्पणी गरेका छन्।

कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत विश्वासीले एमालेले जनतालाई घात गरेको आरोप लगाएका थिए । प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीले संविधान मिचेर जनमतको अपमान गरेको उनको आरोप थियो ।

कार्यक्रममा स्थानीय नेता डा. मन्जुर खाँ, अब्दुल हक कार्यकर्तासहित एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

डा. खाँ २०६४ सालको संविधान सभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ४७ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले