राखेपका तत्कालीन सदस्य सचिव सिलवालको रिट खारेज | Khabarhub Khabarhub

राखेपका तत्कालीन सदस्य सचिव सिलवालको रिट खारेज


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालको रिट खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र अनिलकुमार सिन्हाको इजलासले बर्खास्तीमा परेका सदस्य सचिव सिलवालको रिट सर्वोच्चले खारेज गरेको हो ।

कार्यसम्पादन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को बैठकले सिलवाललाई कात्तिक १ गते सदस्य सचिवबाट बर्खास्त गरेको थियो ।

यो पदमा मङ्सिर १३ गते टङ्कलाल घिसिङलाई नियुक्त गरिएको थियो ।

अदालतको यो फैसलासँगै घिसिङलाई सदस्य सचिवका रूपमा काम गर्न बाटो खुलेको छ ।

सरकारको निर्णयविरुद्ध सिलवाल कात्तिक २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सिलवाललाई ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : २४ बजे

लालबस्तीमै रित्तियो माओवादी

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई