घुससहित मालपोतका सर्भेक्षक र अमिन पक्राउ « Khabarhub

घुससहित मालपोतका सर्भेक्षक र अमिन पक्राउ


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नापी कार्यालय चाबहिलअन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना घुस रकमसहित पक्राउ परेका छन् ।

चाबहिलको १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सर्भेक्षक के.सी. र अमिन भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको टोली खटिएको थियो ।

अख्तियारको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरूलाई ललितपुर महानगरपालिका -५ लगनखेल महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ४७ बजे

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको