शान्ति मिसनअन्तर्गत कंगोमा तैनाथ एक नेपाली सैनिक घाइते « Khabarhub

शान्ति मिसनअन्तर्गत कंगोमा तैनाथ एक नेपाली सैनिक घाइते


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कंगोमा शान्ति मिसनमा खटिएका एक नेपाली सैनिक घाइते भएका छन् ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा तैनाथ श्री नेप क्युआरएफ कम्पनीको पहिलो डफ्फाका एक सैनिक घाइते भएका हुन् ।

उनी शान्ति सैनिकहरूको अपरेशन ‘बाली’ का क्रममा घाइते भएको पनि निर्देशनालयले जनाएको छ ।

प्रमुख सेनानी निकिल कुवँरको कमाण्डमा कर्डन एण्ड सर्चको कारबाहीका क्रममा विद्रोहीले अज्ञात स्थानबाट गरेको फायरबाट मंगलबार यी सैनिक घाइते भएकोसमेत निर्देशनालयले जनाएको छ ।

घाइते सैनिकको पहिचान खुलाइएको छैन । अन्य सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : २३ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु