चाहेको काम गर्न बजेटमा कमी हुने छैनः शिक्षामन्त्री पौडेल « Khabarhub

चाहेको काम गर्न बजेटमा कमी हुने छैनः शिक्षामन्त्री पौडेल


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा चाहेको काम गर्न बजेटको कमी नहुने बताएका छन् ।

मंगलबार सार्वजनिक विद्यालयको सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरिक्रयामा मन्त्री पौडेलले उपत्यकाका शिक्षा, विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरूसँग यस्तो बताएका हुन् ।

उनले शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरूको भएको भन्दै सामुदायिक विद्यालय सुधार गर्न सामूहिक संकल्प आवश्यक रहेको पनि बताए ।

‘राज्यको जोड र ध्यान सार्वजनिक विद्यालय सुर्धानेतिर रहेको छ’, मन्त्री पौडेलले भने, ‘शिक्षामा सुधारका लागि सरोकारवाला पक्षहरूले पनि प्रयासरत रहनुपर्छ ।’

उनले शिक्षक र कर्मचारीको सेवा सुविधाको व्यवस्था एउटै किसिमको बनाउने गरी लागिपरिरहेको भन्दै शिक्षकले पनि कर्तव्य भूल्न नहुने बताए ।

मन्त्री पौडेलले तत्काल भएकै शिक्षकबाट शिक्षा प्रणाली चल्ने पनि बताए ।

अन्तरक्रियामा सहभागीहरूले संघीय शिक्षा ऐन नआएको, एक विद्यालय एक नर्स कार्यक्रम विद्यार्थी संख्याका आधारमा लागु गर्नुपर्नेलगायत विषय उठान गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : ४७ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु