चाहेको काम गर्न बजेटमा कमी हुने छैनः शिक्षामन्त्री पौडेल « Khabarhub

चाहेको काम गर्न बजेटमा कमी हुने छैनः शिक्षामन्त्री पौडेल


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा चाहेको काम गर्न बजेटको कमी नहुने बताएका छन् ।

मंगलबार सार्वजनिक विद्यालयको सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरिक्रयामा मन्त्री पौडेलले उपत्यकाका शिक्षा, विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरूसँग यस्तो बताएका हुन् ।

उनले शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरूको भएको भन्दै सामुदायिक विद्यालय सुधार गर्न सामूहिक संकल्प आवश्यक रहेको पनि बताए ।

‘राज्यको जोड र ध्यान सार्वजनिक विद्यालय सुर्धानेतिर रहेको छ’, मन्त्री पौडेलले भने, ‘शिक्षामा सुधारका लागि सरोकारवाला पक्षहरूले पनि प्रयासरत रहनुपर्छ ।’

उनले शिक्षक र कर्मचारीको सेवा सुविधाको व्यवस्था एउटै किसिमको बनाउने गरी लागिपरिरहेको भन्दै शिक्षकले पनि कर्तव्य भूल्न नहुने बताए ।

मन्त्री पौडेलले तत्काल भएकै शिक्षकबाट शिक्षा प्रणाली चल्ने पनि बताए ।

अन्तरक्रियामा सहभागीहरूले संघीय शिक्षा ऐन नआएको, एक विद्यालय एक नर्स कार्यक्रम विद्यार्थी संख्याका आधारमा लागु गर्नुपर्नेलगायत विषय उठान गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : ४७ बजे

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६