दर्ता नभएका ई–स्कुटरलाई कारबाही गरिने « Khabarhub

दर्ता नभएका ई–स्कुटरलाई कारबाही गरिने


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब इलेक्ट्रिक स्कुटर चलाउन अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । विना दर्ता सडकमा गुड्ने ईलेक्ट्रिक स्कुटरलाई अब सरकारले कडिकडाउ गर्न लागेको हो ।

सरकारले निर्देशन जारी गर्दै दर्ता नभएका नयाँ र पुराना ईलेक्ट्रिक स्कुटरहरुलाई यथाशीघ्र दर्ता प्रक्रियामा आउन भनेको छ । नेपालभित्र ल्याएको मितिले १५ दिनभित्र त्यस्ता सवारी दर्ता गराउन निर्देशनमा उल्लेख छ ।

निर्देशनमा लेखिएको छ, ‘कुनै पनि सवारी खरिद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति फर्म वा कम्पनी वा सवारी बिक्री वितरण गर्ने एजेन्टले खरिद गरेको वा पैठारी गरी नेपालभित्र ल्याइएको मितिले १५ दिनभित्र अधिकारप्राप्त अधिकारी समक्ष दर्ता गराउनु पर्दछ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात विभागले दर्ता नभइ सञ्चालनमा आएको खण्डमा त्यस्ता सवारी साधनलाई यातायात व्यवस्था ऐन बमोजिम कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएको छ ।

यातायात व्यवस्था विभागका सवारी शाखा अधिकृत लेवन अधिकारीले उक्त व्यवस्था कानूनमा पहिले देखि नै उल्लेख भएपनि व्यवहारमा लागू हुन नसकेको बताए । उनले भने ‘यातायात व्यवस्था एनेमा धेरै पहिला देखि नै उल्लेख भएको कुरा हो, व्यवहारमा मात्र लागू हुन सकेको थिएन । अब सरकारकै निर्देशन आएपछि दर्ता अनिवार्य हुन्छ ।’

विभागका अनुसार ईलेक्ट्रिक स्कुटरका कारण पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको र त्यस्ता घटनामा संलग्न सजिलै फारर हुने भएकाले सवारीधनी पहिचानका लागी दर्ता प्रक्रिया अनिर्वाय गरिएको हो । पाइडल सहितको ई–वाइकलाई भने दर्ता अनिवार्य नभएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ४ : ४९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह