दर्ता नभएका ई–स्कुटरलाई कारबाही गरिने | Khabarhub Khabarhub

दर्ता नभएका ई–स्कुटरलाई कारबाही गरिने


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब इलेक्ट्रिक स्कुटर चलाउन अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । विना दर्ता सडकमा गुड्ने ईलेक्ट्रिक स्कुटरलाई अब सरकारले कडिकडाउ गर्न लागेको हो ।

सरकारले निर्देशन जारी गर्दै दर्ता नभएका नयाँ र पुराना ईलेक्ट्रिक स्कुटरहरुलाई यथाशीघ्र दर्ता प्रक्रियामा आउन भनेको छ । नेपालभित्र ल्याएको मितिले १५ दिनभित्र त्यस्ता सवारी दर्ता गराउन निर्देशनमा उल्लेख छ ।

निर्देशनमा लेखिएको छ, ‘कुनै पनि सवारी खरिद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति फर्म वा कम्पनी वा सवारी बिक्री वितरण गर्ने एजेन्टले खरिद गरेको वा पैठारी गरी नेपालभित्र ल्याइएको मितिले १५ दिनभित्र अधिकारप्राप्त अधिकारी समक्ष दर्ता गराउनु पर्दछ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात विभागले दर्ता नभइ सञ्चालनमा आएको खण्डमा त्यस्ता सवारी साधनलाई यातायात व्यवस्था ऐन बमोजिम कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएको छ ।

यातायात व्यवस्था विभागका सवारी शाखा अधिकृत लेवन अधिकारीले उक्त व्यवस्था कानूनमा पहिले देखि नै उल्लेख भएपनि व्यवहारमा लागू हुन नसकेको बताए । उनले भने ‘यातायात व्यवस्था एनेमा धेरै पहिला देखि नै उल्लेख भएको कुरा हो, व्यवहारमा मात्र लागू हुन सकेको थिएन । अब सरकारकै निर्देशन आएपछि दर्ता अनिवार्य हुन्छ ।’

विभागका अनुसार ईलेक्ट्रिक स्कुटरका कारण पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको र त्यस्ता घटनामा संलग्न सजिलै फारर हुने भएकाले सवारीधनी पहिचानका लागी दर्ता प्रक्रिया अनिर्वाय गरिएको हो । पाइडल सहितको ई–वाइकलाई भने दर्ता अनिवार्य नभएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ४ : ४९ बजे

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओलीलाई नेताहरूले भने : देउवाले जस्तै राजनीतिक निर्णय गरेर पार्टीबाट बिदा हुनुस्

काठमाडौं – ललितपुरको राजबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि सुरू नेकपा