'रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गर्यो' - जेलेन्स्की | Khabarhub Khabarhub

‘रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गर्यो’ – जेलेन्स्की


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले मनोरञ्जनका लागि मानिसहरुको हत्या गरेको आरोप लगाए ।

उनले रुसी टङ्याकले मानिसहरुलाई किचेको समेत जनाएका छन । रुसी सेना युक्रेनी राजधानी किभ मोर्चाबाट पछि सरेपछि हाल किभ आसपासका बुचाा, इरपिनजस्ता शहरमा शरिरका विभिन्न अंगमा घाउ लागेका मानिसहरुको शव फेला परेका छन् ।

रुसी फौजले गैरन्यायिनक हत्या गरेको ठानिने ती शव फेला परेयता रुसको चौतर्फी निन्दा भइरहेको छ । सुरक्षा परिषदमा भिडियो लिंकमार्फत आफ्नो भाषणपछि जेलेन्स्कीले मृत युक्रेनीहरूको तस्बिर तथा भिडियो देखाएका थिए । ‘रूसी सेनाले हाम्रो देशको सेवा गर्ने जो कोहीलाई खोजी  खोजी र जानाजानी मार्‍यो’ उनले भने ।

यता संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरेका छन् ।

‘हामीले फेरि एक पटक रुसी सैनिक र सेनाको बारेमा ठूलो मात्रामा झुठ सुनेका छौं’ उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ४७ बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको