श्रीलंकामा नयाँ अर्थमन्त्री नियुक्त गर्न कसरत जारी « Khabarhub

श्रीलंकामा नयाँ अर्थमन्त्री नियुक्त गर्न कसरत जारी


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नियुक्त भएको २४ घण्टा नपुग्दै अर्थमन्त्रीले राजीनामा दिएपछि श्रीलंकामा नयाँ अर्थमन्त्री नियुक्त गर्ने कसरत तीव्र भएको छ । श्रीलंकाबाट प्रकाशित हुने अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार बण्डुला गुणवर्देनालाई नयाँ अर्थमन्त्रीका रुपमा सिफारिस गरिएको छ ।

स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले जनाएअनुसार उनलाई नयाँ अर्थमन्त्री नियुक्त गर्नेबारे छलफल भइरहेको छ ।

यसअघि अर्थमन्त्रीमा नियुक्त भएको २४ घण्टा नबित्दै अली सबरीले राजीनामा दिएका थिए । राष्ट्रपति गोताबाया राजपाक्षेका भतिज समेत रहेका बासिल राजपाक्षेले अरु २५ मन्त्रीहरुसहित सामूहिक राजीनामा दिएपछि सबरीलाई अर्थमन्त्री नियुक्त गरिएको थियो ।

पछिल्लो समय चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा अर्थमन्त्रीको पद सम्हाल्न धेरै नेताहरुले आनाकानी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  २ : १२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको