लागत नउठेपछि औषधी व्यवसायीले जीवनजलको उत्पादन बन्द गर्दै « Khabarhub

लागत नउठेपछि औषधी व्यवसायीले जीवनजलको उत्पादन बन्द गर्दै


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लागत नउठेपछि औषधी व्यवसायीहरूले जीवनजलको उत्पादन बन्द गर्ने भएका छन् ।

सरकारले तोकेको मूल्यमा उत्पादन गरेर बिक्री वितरण गर्न नसकिने भन्दै उद्योगीले उत्पादन गर्न छोडेका छन् भने केही उद्योगीले उत्पादन बन्द गर्ने तयारी गरेका छन् ।

सरकारले जीवनजलको उपभोक्ता मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकेको भए पनि एक प्याकेट जीवनजल उत्पादन गर्न १७ रुपैयाँ लाग्ने गरेको छ ।
सरकारले तोकेको मूल्यमा बिक्री गर्नका लागि जीवनजल उत्पादन नै गर्न नसकिने अवस्था रहेको नेपाल औषधी उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले खबरहबसँगको कुराकानीमा बताए ।

‘अहिले भारतमा जीवनजलको मूल्य प्रतिप्याकेट ३२ रुपैयाँ छ भने नेपालमा १० रुपैयाँ छ, हामीलाई एक प्याकेट उत्पादन गर्नको लागि लागत मात्रै १६ देखि १७ रुपैयाँ आउँछ, यस्तो अवस्थामा हामीले कसरी बेच्न सकिन्छ ?’ उनले भने ।

२०६४ सालमा औषधी व्यवस्था विभाग, औषधी उत्पादक संघ र नेपाल औषधी व्यवसायी संघको सहमतिमा जीवनजलको मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकिएको थियो । त्यसयता १४ वर्षदेखि यसको मूल्य बढेको छैन ।

अहिले बजारमा जीवनजलको अभाव देखिएको छ, स्वदेशी उद्योगले लागतका कारण उत्पादन बन्द गर्नु परेको उनको भनाइ छ ।

‘अहिले कुनै पनि गाउँमा झाडापखला सुरु भयो भने जीवनजल लगभग पाइँदैन, औषधी व्यवसायीहरूले अब यसमा चाहेर पनि केही गर्न नसक्ने अवस्था आइसकेको छ,’ उनले भने ।

यसअघिसम्म व्यवसायीहरूले अन्य उत्पादनहरूको फाइदा समायोजन गरी जीवनजल उत्पादन गर्दै आएका थिए ।

उद्योगीले साढे ३ वर्षअघि विभागलाई जीवनजलको उत्पादनमा लाग्ने लागतको बारेमा जानकारी दिँदै औषधी व्यवस्था विभागलाई पत्र पठाएका थिए । त्यसबेला जीवनजलको लागत १४ रुपैयाँ थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : ३० बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता