श्रीलंकाको संसद् भवन नजिकै सैनिक र प्रहरीबीच झडप « Khabarhub

श्रीलंकाको संसद् भवन नजिकै सैनिक र प्रहरीबीच झडप


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा सैनिक र प्रहरीबीच झडप भएको छ । संसद् भवन रहेको क्षेत्रमा मोटरसाइकलमा सवार सैनिकलाई प्रहरीले आक्रमण गरेसँगै प्रहरी र सैनिकबीच झडप भएको हो ।

राजधानी कोलम्बोस्थित संसद् भवन नजिकै रहेको पोलुवा चोकमा सैनिक नम्बर प्लेट नभएको मोटरसाइकलमा चढेर आएपछि घटना भएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणले जनाएको छ ।

यता श्रीलंकाली सेनाका फिल्ड मार्शल शरथ फोन्सेकाले भने घटनाको निन्दा गरेका छन् । संसद्मा बोल्दै उनले सैनिकमाथि प्रहरीले आक्रमण गरिहाल्न नहुने बताएका हुन् ।

‘यदी सैनिकहरुले प्रहरीमाथि आक्रमण गरेको भए म सैनिकको पनि विरोध गर्ने थिएँ ।’ उनलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।

‘तर यसै सन्दर्भमा म के भन्न चाहन्छु भने सैनिक अधिकारीहरु पनि नम्बर प्लेट नभएको मोटरसाइकलमा आउनु हुदैनथ्यो ।’ उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ३९ बजे

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने

वासिङ्टन – जारी फिफा विश्वकप २०२६ मा सनसनीपूर्ण प्रदर्शन गरिरहेका

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्