देशमा बाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा « Khabarhub

देशमा बाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेर गएको बताएका छन् ।

पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको र भ्रष्टाचार डरलाग्दो रूपमा अनियन्त्रित ढंगले बढेको बताएका हुन् ।

बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेकी थिइन् भने स्थानीय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वाचनसम्बन्धी पार्टीको घोषणा पत्रका विषयमा प्रवक्ता सुरेश आचार्यले आफ्नो प्रस्तुति दिएका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो जिल्लाको सांगठानिक अवस्था र चुनावी तयारीबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : ५४ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय