युद्ध शुरु भएयता ईयूले रुससँग ३५ अर्ब युरोको उर्जा किन्यो, युक्रेनलाई १ अर्बमात्र सहयोग « Khabarhub

युद्ध शुरु भएयता ईयूले रुससँग ३५ अर्ब युरोको उर्जा किन्यो, युक्रेनलाई १ अर्बमात्र सहयोग


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि आक्रमण गरेयता युरोपेली युनियन ईयूले रुससँग ३५ अर्ब युरोको उर्जा खरिद गरेको सार्वजनिक भएको छ । ईयूका विदेश नीति प्रमुख जोसिप बोरेलले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता रुससँग ईयूले ३५ अर्ब युरो बराबर उर्जा खरिद गरेको बताएका हुन् ।

अर्कोतर्फ ईयूले व्यापक रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई भने केबल १ अर्ब युरो बराबरमात्रै सैनिक सहयोग गरेको बताए ।

‘हामीले युक्रेनीहरुलाई आफ्नो रक्षा आफैँ गर्न सहयोग गर्नुपर्छ… हामीले युक्रेनलाई १ अर्ब युरो सहयोग गरेका छौँ । यो एकदमै धेरैजस्तो लाग्न सक्छ तर हामी हरेक दिन (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनलाई उर्जा खरिद गरेबापत १ अर्ब युरो तिर्दै आएका छौँ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

राजधानी किभ नजिकैबाट रुसी सैनिक पछि हटेपछि युक्रेनको बुचा शहरमा गैर सैनिक सर्वसाधारणको विभत्स हत्या गरिएका सयौँ शव फेला परेसँगै ईयूले रुसमाथि थप प्रतिबन्धको घोषणा गर्दैछ । यसबारे छलफल गर्न डाकिएको ईयूको संसद्लाई सम्बोधन गर्दै बोरेलले यस्तो जानकारी दिएको बीबीसीले जनाएको छ ।

युरोपेली मुलुकहरुको कूल ग्यास उपभोगको ४० प्रतिशत रुसबाट आपूर्ति हुँदै आएको बताइन्छ । ईयूले रुसी अर्थतन्त्रका विभिन्न क्षेत्रमाथि प्रतिबन्धको घोषणा गरेपनि रुसी उर्जामाथि प्रतिबन्ध लगाउन आनाकानी गरिरहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : २१ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार