गठबन्धन सरकार कुहिएको छ, गठबन्धन झरेपछि नेपालको विकासको लहर अघि बढ्छ : ओली (भिडियो) « Khabarhub

गठबन्धन सरकार कुहिएको छ, गठबन्धन झरेपछि नेपालको विकासको लहर अघि बढ्छ : ओली (भिडियो)


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्योग व्यवसायको उन्नति र प्रगतिबिना मुलुक समृद्ध हुन नसक्ने बताएका छन्।

बुधबार काठमाडौँमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीहरुले नेतृत्व लिनुपर्ने समेत बताए। त्यस्तै उनले गठबन्धन सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन् । अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर आफैं झर्ने बताए ।

उनले आफू २०७२ सालमा प्रधानमन्त्री भएपछि देशमा विकासको नयाँ लहर आएको दाबी गर्दै आगामी निर्वाचनपछि एमालेले विकासको कामलाई तिव्रता दिने दाबी गरे। मुलुकलाई अघि बढाउनका लागि वर्तमान सरकारको बर्हिगमन अनिवार्य रहेको उनको भनाइ छ।

त्यस्तै उनले गठबन्धन अब लामो समय नटिक्ने तर्क गरे।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै