गठबन्धन सरकार कुहिएको छ, गठबन्धन झरेपछि नेपालको विकासको लहर अघि बढ्छ : ओली (भिडियो) « Khabarhub

गठबन्धन सरकार कुहिएको छ, गठबन्धन झरेपछि नेपालको विकासको लहर अघि बढ्छ : ओली (भिडियो)


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्योग व्यवसायको उन्नति र प्रगतिबिना मुलुक समृद्ध हुन नसक्ने बताएका छन्।

बुधबार काठमाडौँमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीहरुले नेतृत्व लिनुपर्ने समेत बताए। त्यस्तै उनले गठबन्धन सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन् । अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर आफैं झर्ने बताए ।

उनले आफू २०७२ सालमा प्रधानमन्त्री भएपछि देशमा विकासको नयाँ लहर आएको दाबी गर्दै आगामी निर्वाचनपछि एमालेले विकासको कामलाई तिव्रता दिने दाबी गरे। मुलुकलाई अघि बढाउनका लागि वर्तमान सरकारको बर्हिगमन अनिवार्य रहेको उनको भनाइ छ।

त्यस्तै उनले गठबन्धन अब लामो समय नटिक्ने तर्क गरे।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ०९ बजे

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि