अरबैजानको विमान कजाखस्तानमा खस्यो, सवार थिए ६७ यात्रु | Khabarhub Khabarhub

अरबैजानको विमान कजाखस्तानमा खस्यो, सवार थिए ६७ यात्रु


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कजाखस्तानको अकताऊ शहरमा बुधबार मध्याह्न ६७ यात्रु सवार विमान खसेको छ । सो विमान अजरबैजान एअरलाइन्सको भएको खुलेको छ ।

प्रारम्भिक रिपोर्टअनुसार; विमान सवार ६७ मध्ये केही व्यक्तिको ज्यान गएको छ । कजाखस्तानको आपतकालीन मन्त्रालयले विमान दुर्घटनास्थलसम्म पुग्ने प्रयास भइरहेको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सले रूसी समाचार एजन्सीलाई उधृत गर्दै अजरबैजानको बाकुबाट रूसको चेचन्यास्थित ग्रोजनीतर्फ उडान भरेको विमान दुर्घटनामा परेको समाचार सार्वजनिक गरेको छ । हवाई मार्गमा रहेको बाक्लो कुहिरोका कारण विमानका चालकले बाटो बदलेको बताइएको छ ।

अजरबैजान एअरलाइन्सले हालसम्म आफ्नो विमान दुर्घटनामा परेकोबारे कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १ : ४६ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई