श्रीलंकामा सरकारविरोधी प्रदर्शन जारी, सरकार नछाड्ने राजपाक्षेको अडान कायमै « Khabarhub

श्रीलंकामा सरकारविरोधी प्रदर्शन जारी, सरकार नछाड्ने राजपाक्षेको अडान कायमै


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चरम आर्थिक संकट एवम् अत्यावश्यक सामग्रीको अभाव झेलिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षेविरुद्ध जारी प्रदर्शन अझै रोकिएको छैन ।

 दैनिक १२ घण्टासम्म विद्युत कटौती तथा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धिको मारमा परेको श्रीलंकाका विपक्षी कार्यकर्ता मात्र नभई कानून व्यवसायी, चिकित्सक र नागरिक समाजका अगुवाहरूले राजधानी कोलम्बो, कण्डी नेगोम्बोजस्ता शहरमा केही सातायता प्रदर्शन जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुको प्रदर्शन राष्ट्रपति राजपाक्षेतर्फ लक्षित रहेको जनाइएको छ । यद्यपि राजपाक्षेले भने व्यापक जनआक्रोश तथा हिंसात्मक प्रदर्शनका बावजुद सरकार छाड्न मानिरहेका छैनन् ।

सरकारको समर्थन गर्ने ४१ सांसद्ले सत्तारुढ गठबन्धन त्यागेसँगै सरकार अल्पमतमा परेपनि राष्ट्रपति राजपाक्षेका एकजना निकटस्थले राष्ट्रपतिले कुनै हालतमा पनि राजीनामा नदिने बताएका छन् ।

श्रीलंकाली संसद्मा सम्बोधन गर्दै सरकारका प्रमुख सचेतक जोन्स्टन फर्नाण्डोले राष्ट्रपतिले राजीनामा नदिने बताएका हुन् । सरकार विरोधी प्रदर्शन दिनप्रतिदिन हिंसात्मक बन्दै जाँदा त्यहाँ यसअघि सरकारका २६ मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए ।

यससँगै राष्ट्रपति राजपाक्षेले संसद्मा सहभागी सबै दलहरुलाई सरकारमा आउन आग्रह गरेका थिए । यद्यपि उनको आग्रहलाई विपक्षीहरूले अस्वीकार गरेका छन् ।

यस्तै, श्रीलंकाका अर्थमन्त्रीले शपथ खाएको २४ घण्टा नबित्दै राजीनामा दिएका छन् । संकट गहिरिँदै जाँदा अहिले त्यहाँ कसैले पनि अर्थमन्त्रीको पद स्वीकार गर्न आनाकानी गरिरहेको बताइएको छ ।

यसअघि राष्ट्रपति राजपाक्षेका भतिज बसिल राजपाक्षेले २६ मन्त्रीहरुसँगै सामूहिक राजीनामा दिएका थिए । उनको स्थानमा आएका नयाँ अर्थमन्त्री अली सबरीले शपथ खाएको २४ घण्टा नबित्दै राजीनामा दिएका हुन् ।

उनको स्थानमा बण्डुला गुणवर्देनालाई नयाँ अर्थमन्त्रीका रुपमा सिफारिस गरिएको र यसबारे छलफल अघि बढाइएको श्रीलंकाबाट प्रकाशित हुने अंग्रेजी अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ३६ बजे

चितवन-२ : रविले जिते फेरि चुनाव हुन्छ ? के छ कानूनी प्रावधान ?

काठमाडौं – फागुन २१ गतेको निर्वाचनमा विजयी हासिल गरेर राष्ट्रिय

सुनिताले गोविन्दालाई एक सर्तमा माफी दिने संकेत

काठमाडौं– बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको सम्बन्ध

मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रममा स्थानीय तहले

रुखमा बाँधेर, खोरमा थुनेर काम गराउने बालेनको भनाइप्रति सिंहले जनाए आपत्ति

काठमाडौं– बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धनगढीमा आयोजित चुनावी सभामा

मधेसका प्रदेश प्रमुख कर्णद्वारा प्रजातन्त्र दिवसको शुभकामना

महेन्द्रनगर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५ औँ राष्ट्रिय प्रजातन्त्र