जम्मु कश्मीरमा पनि ‘माइगभ’ सञ्चालनमा « Khabarhub

जम्मु कश्मीरमा पनि ‘माइगभ’ सञ्चालनमा


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको जम्मु कश्मीर युनियन टेरिटोरीका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले उक्त राज्यमा ‘माइगभ’ इन्टरनेट प्लेटफर्मको सुरुआत गरेका छन् । जनतालाई सुशासनको आभाष गराउनका लागि भन्दै उनले यस्तो प्लाटफर्म सञ्चालनमा ल्याइएको बताए ।

विद्युतीय सामग्री तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसले सामाजिक सञ्जालको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा सार्वजनिक गरेका थिए । आम जनतालाई सरकारको नजिक ल्याउन भन्दै शुरु गरिएको उक्त प्लेटफर्ममा २.२९ करोड प्रयोगकर्ता रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यो प्लेटफर्मको प्रयोगबाट मानिसहरूले सरकारका विभिन्न नीतिगत विषयहरूबारे सल्लाह तथा जानकारी प्रदान गर्ने, विभिन्न सरकारी नीति तथा कार्यक्रममा सहभागी हुने र विभिन्न प्रतियोगितामा समेत सहभागी हुन पाउने जनाइएको छ ।

यसअघि १५ राज्यहरुमा सञ्चालनमा रहेको माइगभ प्लेटफर्म सञ्चालन गर्ने जम्मु कश्मीर प्रथम युनियन टेरिटोरी बनेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ०७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा