नायक पल शाहविरुद्धको थुनछेक बहस सकियो | Khabarhub Khabarhub

नायक पल शाहविरुद्धको थुनछेक बहस सकियो


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नायक पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। नाबालिग बलात्कार आरोपमा पक्राउ परेका शाहको बुधबार थुनछेक बहस सकिएको हो।

नाबालिका बलात्कारको अभियोग लागेका शाहविरुद्ध आज नवलपुर अदालतमा तीनजना सरकारी वकिल वकिल कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको तर्फबाट बहस गरेका हुन्। उनीहरूले किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन् । त्यस्तै शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ जना वकिलले बहस गरेका थिए।

शाहविरुद्ध नाबालिग बलात्कार आरोपमा पक्राउ परेका शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत ल्याएर बयान लिइएको हो।

शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा तारिख वा धरौटीमा छोडेर मुद्दा चलाउने भन्ने टुंगो आदेशपछि पत्ता लाग्नेछ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ३१ बजे

संसद् बिहीबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।  संसद्

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

महोत्तरी– जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ ।

इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ : इजरायली रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल कट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

खलङ्गा– दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते

महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने

काठमाडौं– मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप यही असार असार ६ र