डब्लूएचओको स्थापना दिवस मनाइँदै « Khabarhub

डब्लूएचओको स्थापना दिवस मनाइँदै


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्योयोर्क – आजकै दिन अर्थात् सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना भएको थियो । विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो ।

हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो ।

सन् १९४८ मा डब्लूएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको ७ अप्रिललाई स्वास्थ्य दिवस मनाउने निर्णय गरेको थियो । पहिलो विश्व स्वास्थ्य दिवस अप्रिल ७, १९५० मा मनाइयो र त्यसयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।

विश्वव्यापी स्वास्थ्यको लागि महत्वपूर्ण विषयमा विश्वव्यापी ध्यानाकर्षण गर्ने अवसरको रुपमा यस दिनलाई उपयोगसमेत गरिन्छ । स्वास्थ्य दिवसको अवसरमा डब्लूएचओले अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय कार्यक्रम अयोजना गर्छ । यस वर्षको विश्व स्वास्थ्य दिवस २०२२ को नारा ‘हाम्रो ग्रह, हाम्रो स्वास्थ्य’ रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ८ : ०७ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन