किभ आसपासबाट रुसी सेना पछि हटेको अमेरिकी सुरक्षा अधिकारीको दाबी « Khabarhub

किभ आसपासबाट रुसी सेना पछि हटेको अमेरिकी सुरक्षा अधिकारीको दाबी


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि आक्रमण गरिरहेको रुसी फौजले राजधानी किभ आसपासबाट पछि हट्ने कार्य सम्पन्न गरेको अमेरिकी अधिकारीले जनाएका छन् ।

नाम नबताउने सर्तमा वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीले अल जजीरालाई बताएअनुसार किभ आसपासबाट पछि हटेसँगै रुसी सेनाले पुनः आक्रमण गर्न पुनर्ताजगी र बन्दोबस्तीको सामानको आपूर्तिको काम गरिरहेको छ ।

रुसले अब आफ्नो फौजको आक्रमण पूर्वी युक्रेनको डोनबास क्षेत्रमा केन्द्रित हुने बताइसकेको छ । ‘रुसी फौजले के के छाडेर गएछन् भनेर हामी हेरिरहेका छौँ ।’ ती अधिकारीले भने ।

रुसी फौज किभ आसपासबाट पछि हटेपनि किभमाथि रुसी आक्रमणको जोखिम भने उत्तिकै रहेको उनको भनाइ छ । ‘अहिलेका लागि किभमा जमिनबाट सैनिक कारवाहीको जोखिम छैन । तर उनीहरूको दीर्घकालीन लक्ष्य के हो त्यो पनि स्पष्ट छैन ।’ उनले भने ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १२ : ४१ बजे

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन