अष्ट्रियाद्वारा चार रुसी कूटनीतिज्ञलाई देशनिकाला | Khabarhub Khabarhub

अष्ट्रियाद्वारा चार रुसी कूटनीतिज्ञलाई देशनिकाला


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रियाले चार रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्ने भएको छ । अष्ट्रियन विदेशमन्त्रालयले जनाएअनुसार कूटनीतिक मर्यादाबाहिर गइ काम गर्ने चार रुसी कूटनीतिज्ञलाई देश निकाला गर्न लागिएको हो ।

अष्ट्रियाबाट देश निकालामा पर्ने रुसी कूटनीतिज्ञहरूमा तीन जना भियनास्थित दूतावासमा कार्यरत रहेको र अर्का एक जना साल्जबर्ग शहरस्थित रुसी नियोगमा कार्यरत रहेको जनाइएको छ ।

उनीहरूलाई अष्ट्रिया छाड्न अप्रिल १२ सम्मको म्याद दिइएको रुसी समाचार संस्था तासले जनाएको छ ।

‘भियनास्थित रुसी दूतावासमा कार्यरत तीन कर्मचारी र साल्जबर्गस्थित रुसी नियोगमा कार्यरत एक कर्मचारीको कूटनीतिक हैसियत खारेज गरिएको अष्ट्रियन विदेश मन्त्रालय घोषणा गर्दन ।’ अष्ट्रियन विदेशमन्त्री अलेक्जाण्डर स्कालेनबर्गले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कूटनीतिक मर्यादाबाहिर गई काम गरेका कारण कूटनीतिक सम्बन्ध सम्बन्धी भियना अभिसन्धिको धारा ९ अनुसार यी व्यक्तिहरूलाई अस्वीकार्य घोषणा गरिएको छ ।’

कूटनीतिज्ञहरूलाई रुसले युक्रेनमाथि आक्रमण गरेकै कारण देशनिकाला गरिएको हो वा होइन भन्नेबारे अष्ट्रियन विदेश मन्त्रालयले कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १ : ५२ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता