साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो « Khabarhub

साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ ।

भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६-७७ देखि २०७८-७९ को फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो ।

चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो आठ महिनामा मात्र नेपालले १८ करोड ६६ लाख ४३ हजार रुपैयाँको तास आयात गरेको विभागले जनाएको छ । सो मुल्यमा ९४ लाख २ हजार १०७ प्याकेट तास भित्रिएको छ । ती तास भित्राउँदा सरकारले ९ करोड ८२ लाख ७५ हजार रुपैयाँ राजस्व उठाएको छ ।

नेपलमा चीन, फ्रान्स, हंगेरी, भारत र अमेरिकाबाट तास आउने गरेको छ ।

पछिल्लो सात महिनामा चीनबाट १७ करोड १८ लाख ६८ हजार रुपैयाँमा ७७ लाख ७१ हजार १३४ प्याकेट तास नेपाल आएको छ । सोही समयमा भारतबाट १ करोड ४७ लाख ७१ हजार रुपैयाँमा १६ लाख ३० हजार ९२१ प्याकेट तास नेपाल भित्रिएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास नेपालले आयात गरेको थियो ।

यस वर्ष चीनबाट मात्र २६ करोड ३२ लाख ४ हजार रुपैयाँको तास नेपालमा आएको थियो । ब्राजिल, जर्जिया, बेलायत, अष्ट्रेलियाबाट पनि यस वर्ष तास भित्रिएको थियो ।

आर्थिक वर्ष २०७६र७७ मा २३ करोड ५४ लाख ९३ हजार रुपैयाँको १ करोड ३२ लाख ६७ हजार ६२२ प्याकेट तास नेपाल भित्रिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७५- ७६ मा निकै कम तास नेपाल भित्रिएको थियो । उक्त वर्ष २५ हजार रुपैयाँको तास मात्र नेपाल भित्रिएको थियो । त्यसपछिका वर्षहरुमा भने तास ठूलो मात्रामा नेपाल भित्रिदै आएको विभागको तथ्याङ्कले देखाउँछ ।

यसैबीच तासकै कारण नेपालमा वर्षेनी सयौं जना पक्राउ पर्ने गरेका छन् ।

प्रहरीले जुवातास खेलेको आरोपमा उनीहरूलाई पक्राउ गर्ने गरेको छ । पछिल्ला वर्ष वर्षेनी तीन हजारभन्दा बढी जुवातास खेलिरहेको अवस्थामा पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ४ : ३९ बजे

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज– मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव