अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको रुलिङ त्रुटिपूर्ण – पाकिस्तानी प्रधानन्यायाधीश « Khabarhub

अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको रुलिङ त्रुटिपूर्ण – पाकिस्तानी प्रधानन्यायाधीश


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुखको रुलिङ त्रुटिपूर्ण रहेको प्रधानन्यायाधीश उमर अता बन्दियालले बताएका छन् ।

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुखको कदम र लगत्तै संसद् भंग गर्ने प्रधानमन्त्रीको कदमबारे सुनुवाइका क्रममा प्रधानन्यायाधीशले उपसभामुखको रुलिङ त्रुटिपूर्ण रहेको जनाएका हुन् ।

‘प्रमुख सवाल अब के हुन्छ भन्ने हो’ उनले भने । उनका अनुसार अबको प्रक्रिया के हुने भन्ने पाकिस्तानका महान्यायाधिवक्ता खालिद जावेद खान र विपक्षी दल पाकिस्तान मुस्लिम लिग नवाजका कानून व्यवसायीले निर्धारण गर्ने पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

सुनुवाइका क्रममा न्यायाधीश जमाल खान मन्दोखाइलले भने प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने रुलिङमा उपसभामुख कसिम खान सुरीको हस्ताक्षर नै नभएको जिकिर गरेका छन् । उक्त रुलिङमा सभामुख असद कुसैरको हस्ताक्षर मात्र रहेको न्यायाधीशको भनाइ छ ।

विपक्षीहरुले सभामुखमाथि नै अविश्वासको प्रस्ताव ल्याएपछि उपसभामुख कसिम खान सुरीले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव खारेज गरेको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ५ : ०५ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र