कोरोना भाइरसका कारण चीनको आर्थिक सूचकांक नकारात्मक « Khabarhub

कोरोना भाइरसका कारण चीनको आर्थिक सूचकांक नकारात्मक


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसका संक्रमित बढेसँगै चीनको सेवा तथा उत्पादन क्षेत्रको वृद्धिमा नकारात्मक असर परेको देखिएको छ ।

चीनको तथ्यांक ब्युरोले सार्वजनिक गरेको सूचकांक अनुसार मार्च महिनामा उत्पादनमूलक क्षेत्रमा चीनको पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) ४९.५ पुगेको छ । फेब्रुअरी महिनामा उत्पादनमूलक क्षेत्रको पीएमआई ५०.२ थियो ।

त्यस्तै, गैर उत्पादनमूलक क्षेत्रको पीएमआई भने मार्च महिनामा ४८.४ पुगेको जनाइएको छ । फेब्रुअरी महिनामा गैर उत्पादनमूलक क्षेत्रको पीएमआई ५१.६ रहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

५० भन्दा बढी पीएमआई सूचकांकले उक्त क्षेत्रको विस्तार भएको देखाउने तथा सोभन्दा कमले सङ्कुचन देखाउने बताइएको छ । पछिल्लो समय सन् २०२० को फेब्रुअरी महिनामा उत्पादनमूलक एवम् गैर उत्पादनमूलक गरी दुबै क्षेत्रको सूचकांक ५० भन्दा कम थियो ।

पछिल्लो समय शून्य कोभिड नीतिअनुसार चीनले वित्तीय केन्द्र साङ्घाईसहित विभिन्न शहरहरुमा लकडाउन घोषणा गरेको छ । यसकारण भविष्यमा चीनको आर्थिक सूचकांक अझ तल झर्नसक्ने जनाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ६ : ३८ बजे

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र