नविल एसईईअन्तर्गत प्रमाणपत्र कार्यक्रमका लागि आवेदन खुला | Khabarhub Khabarhub

नविल एसईईअन्तर्गत प्रमाणपत्र कार्यक्रमका लागि आवेदन खुला


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैर नाफामूलक कार्यक्रम नबिल स्कुल अफ सोशियल अन्टरप्रेरनरशिप (नविल एसईई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन खुला गरिएको छ ।

सामाजिक उद्यमशिलता प्रवर्द्धन गर्न संचालन गरिएको ब्याचअन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रममध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याचको आवेदन खुला गरिएको हो ।

फेलोशिप कार्यक्रम भने यसअघि नै सुरु भइसकेको छ । प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरू र क्षेत्रहरूमा देशभर सामाजिक उद्यमशिलता प्रवर्द्धनलाई जोड दिएको छ ।

मानिसहरूलाई सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनालाई उद्यममा रूपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य हो ।

यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने छ ।

आवेदकहरूले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रमका सहभागीहरूको छनौट गरिने छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ११ : ५५ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता