सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित « Khabarhub

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित भएको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकले आगामी आवको सो नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो । यही जेठ १९ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको थियो ।

नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै आजको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले छफलमा उठेका उपयुक्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्रीले प्रदेश सरकारलाई केही संयन्त्र सभावमा काम गर्न असहज हुँदाहुँदै पनि जनतालाई राहत हुने काम गरेको उल्लेख गरे। प्रतिपक्षले मुख्यमन्त्री कपलाई व्यवस्थित गराउन दर्ता गराएको संसोधन प्रस्तावमा मुख्यमन्त्री भट्टले यसलाई तल्लोतहसम्मको संरचनामा विस्तार गरेर संचालन गर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले प्रदेशसभा बैठकमा राखेको संशोधन गर्नुपर्ने प्रस्ताव अस्वीकृत गर्दै बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : ३४ बजे

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी