चिनियाँ ऋणको जालोमा पर्ने देशको अवस्था कत्तिसम्म खराब हुन्छ भन्ने कुराको उदाहरण संसारका धेरै देशमा देखिएको छ। अफ्रिकाका गरिब देश हुन् या मध्य तथा पूर्वी एसियाका देश। अथवा मध्य युरोपकै देश किन नहोस्, चिनियाँ ऋणको जालोमा परेर संसारका धेरै देशको अवस्था तहसनहस नै भएको छ।
यसैको पछिल्लो उदाहरण हो, श्रीलङ्का। त्यसो त विगत केही महिनादेखि खराब आर्थिक अवस्थाका कारण श्रीलङ्का दुर्नाम नै भएको छ। कुनै देश आर्थिक अवनतिको पथमा रहे श्रीलङ्का पथको उपमा दिन थालिएको छ। गरिबी र आर्थिक ओरालो गतिको पर्याय बनेको छ श्रीलङ्का।
२ करोड २० लाख जनसङ्ख्या भएको यो देश अहिले खराब अवस्थामा पुगेको छ। खराब अवस्थामा पनि चीन भने नयाँ जाल बुन्दै त्यस बापत लाभ लिन सक्रिय देखिन्छ।
केही वर्ष अगाडिसम्म दक्षिण एसियाली देशका माझ समृद्धि र आकर्षक जनजीवनको कारण यादगार मानिन्थ्यो। २२ मिलियन (२ करोड २० लाख) जनसङ्ख्या भएको यो देश अहिले खराब अवस्थामा पुगेको छ। खराब अवस्थामा पनि चीन भने नयाँ जाल बुन्दै त्यस बापत लाभ लिन सक्रिय देखिन्छ।
सन् १९४८ मा स्वतन्त्र भए यताकै खराब अवस्थामा श्रीलङ्का छ। वैदेशिक मुद्रा रित्तिएका छन्। देशले अति आवश्यक कुराको खरिद गर्न सकेको छैन। खाद्यान्न, इन्धन र ग्यासको अभाव हुन थालेको छ।
श्रीलङ्काको यो दुखद समयमा छिमेकी देशको सहयोग त्यत्तिकै रहेको छ। गएको जनावरी यता मात्र भारतले श्रीलङ्कालाई २.४ बिलियन अमेरिकी डलर सहयोग गरेको छ। यसमा सस्तो ब्याजदरको ऋण तथा अनुदान दुवै समावेश छन्।
गत महिना मात्र श्रीलङ्काले भारतसँग १ अर्ब ‘ लाइन अफ क्रेडिट’ सम्झौता गरेको थियो। खाद्यान्न, औषधि र अन्य अति आवश्यक कुरा खरिद गर्नका लागि भारतले कदम चालेको हो।
भारतले श्रीलङ्कालाई २.४ बिलियन अमेरिकी डलर सहयोग गरेको छ। यसमा सस्तो ब्याजदरको ऋण तथा अनुदान दुवै समावेश छन्।
उता, चीनले भने श्रीलङ्कामा दिइएको ऋणलाई समायोजन गर्ने कुरामा कुनै चासो नै देखाएको छैन। श्रीलङ्काको कुल ऋण भार ४५ अर्ब डलरको करिब ६ भागको एक भाग ८ अर्ब डलर ऋण चीनसँग सम्बन्धित छ। यसरी जालमा फस्दै गरेको श्रीलङ्काले त्यो ऋण नै तिर्न नसक्ने अनुमान थीकं ट्याङ्कहरूको छ।
श्रीलङ्काले यसलाई पुन समायोजन तथा थप ऋणका लागि पहल गरेकोमा चीनले अस्वीकार गरेको समाचार मार्च महिनामा नै आएको थियो। हङकङ पोस्टमा केही समय अगाडि प्रकाशित रिपोर्टकै अनुसार ऋण लिएर तयार पारिएका अनुत्पादक भौतिक संरचनाका कारण ठूलो खाडलमा परेको श्रीलङ्का त्यसबाट बाहिर निस्कने कुनै उपाय नै छैन। पोस्टले श्रीलङ्काको यो खराब अवस्था नै अन्य छिमेकी देशका लागि सतर्क हुने मौका भएको जनाएको छ।
श्रीलङ्काकै छिमेकी दक्षिण एसियाली पाकिस्तान पनि विस्तारै अनुत्पादक बीआरआई परियोजनाको जालमा फस्दै गएकाले केही वर्ष पछि त्यहाँको अवस्था त्यसतै त हुने होइन भन्ने प्रश्न उठ्न थालेको छ। पाकिस्तान पनि उच्च ब्याजदर र अपारदर्शी चिनयाँ ऋण सम्झौताको मारमा परेको छ।
श्रीलङ्कामा सरकार विरोधी प्रदर्शनका कारण सङ्कटकालको घोषणा भएको छ। त्यहाँको मुद्राको मूल्य यसरी घटेको छ कि आर्थिक अवस्था अब लामो समय उकासिन नै कठिन छ।
सन् २००९ देखि २०१९ सम्ममा बङ्गलादेशमा पनि चिनियाँ चासो बढेको छ। यसका बाबजुद बङ्गलादेश भने श्रीलङ्का र पाकिस्तान जस्तो हतारमा सबै निर्णय नगर्ने देशको रूपमा छ।
श्रीलङ्कामा सरकार विरोधी प्रदर्शनका कारण सङ्कटकालको घोषणा भएको छ। त्यहाँको मुद्राको मूल्य यसरी घटेको छ कि आर्थिक अवस्था अब लामो समय उकासिन नै कठिन छ। पर्यटन व्यवसाय नै मुख्य आम्दानीको श्रोत भएको त्यहाँ अहिले पर्यटकको उपस्थिति पनि छैन।
यस अवस्थामा भारतले श्रीलङ्कालाई गरेको सहयोगले केही हदसम्म त्यहाँको जनजीवन उकास्ने अपेक्षा गरिएको छ। त्यसै सहयोगका कारण खाद्यान्न र इन्धनको मूल्य नियन्त्रणमा ल्याउने योजना छ।
गत महिना श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्तामा दुवै देशको द्विपक्षीय सम्बन्धलाई अझ दरिलो बनाउने प्रतिबद्धता गरिएको थियो। सोही भ्रमणको क्रममा उनले श्रीलङ्कामा बढ्दै गएको सङ्कटमा चासो दिएकोमा भारत प्रति आभार व्यक्त गरेका थिए। मोदीले पनि वैदेशिक नीतिमा छिमेकी देशको समस्यालाई पहिलो प्राथमिकता दिएको प्रष्ट पारेका थिए।
पछिल्लो दुई पटक भारत भ्रमण गरेका श्रीलङ्काका अर्थमन्त्री वासिल राजापाक्षेसँगको भेट पनि उपलब्धिमूलक भएको तथा द्विपक्षीय सम्बन्ध उपलब्धि मूलक हुने विश्वास रहेको भन्दै मोदीले ट्विट गरेका छन्। फेब्रुअरी महिनामा भारतले ५ सय मिलियन अमेरिकी डलर श्रीलङ्का सरकारमार्फत त्यहाँको आयल निगमलाई उपलब्ध गराएको थियो। पेट्रोलियम पदार्थको खरिद गर्न त्यो ऋण उपलब्ध गराइएको हो।
फेब्रुअरी महिनामा भारतले ५ सय मिलियन अमेरिकी डलर श्रीलङ्का सरकारमार्फत त्यहाँको आयल निगमलाई उपलब्ध गराएको थियो। पेट्रोलियम पदार्थको खरिद गर्न त्यो ऋण उपलब्ध गराइएको हो।
त्यसको तीन महिना अगाडी नोभेम्बर महिनामा भारतले श्रीलङ्कालाई १ सय टन नानो झोल मल उपलब्ध गराएको थियो। त्यहाँको सरकारले रसायनिक मल खरिद गर्न छाडेपछि भारतले यो सहयोग गरेको हो।
पछिल्लो ५० दिनमा श्रीलङ्काली जनताका माझ २ लाख मेघा टन इन्धन पुगेको छ। ऋणको दायराभन्दा बाहिर नै भारतीय आयल निगमले ४० हजार मेघा टन सहयोग गरेको छ। फेब्रुअरीमा त्यहाँका ऊर्जा मन्त्री गामिनी लोकुगेले भारत प्रति कृतज्ञता व्यक्त गरेका थिए। भारतबाट सहयोग र अनुदान तथा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने क्रम जारी छ। अबको केही दिनमा त्यहाँ चामल पनि पुग्ने अनुमान गरिएको छ।
गएको एक वर्षदेखि त्यहाँ चामलको मूल्य बढी रहेको छ। भारतबाट चामल पुगेपछि यसले त्यहाँको मूल्यवृद्धि नियन्त्रण गर्ने अनुमान गरिएको छ। केही दिन अगाडि मात्र भारतको दक्षिणी बन्दरगाहबाट श्रीलङ्काका लागि चामलहरू प्याक गर्ने काम सुरु भएको थियो।
अहिले पथावी एग्रो फुडले त्यहाँ चामल उपलब्ध गराएको छ। इन्डियन क्रेडिट फ्यासिलिटी एग्रीमेन्ट अन्तरगत फुडले श्रीलङ्का स्टेट ट्रेडिङ कर्पलाई यो चामल उपलब्ध गराउने छ। श्रीलङ्कामा रहेको खाद्य सङ्कटलाई यस सहयोगले केही दिनमा कमी ल्याउन सक्नेछ। परन्तु, त्यहाँको कठिन परिस्थितिबाट निस्कन त्यत्ति सहज छैन।
भारतबाट चामल पुगेपछि यसले त्यहाँको मूल्यवृद्धि नियन्त्रण गर्ने अनुमान गरिएको छ। केही दिन अगाडि मात्र भारतको दक्षिणी बन्दरगाहबाट श्रीलङ्काका लागि चामल प्याक गर्ने काम सुरु भएको थियो।
थुप्रै अस्पतालमा सामानको अभावका कारण शल्यक्रिया र ल्याब परीक्षण जस्ता अति आवश्यक काम नै प्रभावित भएका छन्। यसरी सेवा बन्द गर्नेमा प्रान्तीय अस्पताल धेरै छन्। पेरा डातनीया अस्पतालले शल्यक्रिया नगर्ने निर्णय गरेको थियो। भारतीय विदेशमन्त्री डा. एस जयशंकरको हस्तक्षेपपछि त्यहाँ शल्यक्रिया सुचारु भएको छ।
‘एसिया इकोनोमिक डाइलग’ मा बोल्दै श्रीलङ्काली स्वास्थ्यमन्त्री केहलीका राम्बुकवेलाले भारतप्रति आभार व्यक्त गरेका थिए। खासमा भारतले गरेको ५ लाख डोज कोभिड भ्याक्सिनको सहयोगका कारण पनि श्रीलङ्का खुसी थियो।
अहिले चिनियाँ परियोजनाका कारण आहत भएका श्रीलङ्काका बासिन्दाले विरोध प्रदर्शन गरिरहेको समेत राम्बुकवेलाले स्वीकारेका छन्। औद्योगिक रूपले विशिष्ट पहिचान बोकेको हम्बोन्टोटा बन्दरगाह नै चिनियाँ अधिनमा गएका कारण त्यहाँको नागरिकमा सबै भन्दा धेरै आक्रोश छ।
श्रीलङ्कालाई अहिलेको समस्याबाट पार लगाउन भारतले अल्पकालीनदेखि मध्यकालीन र लामो समयको सहयोगको योजना बनाएको छ।
श्रीलङ्कालाई अहिलेको समस्याबाट पार लगाउन भारतले अल्पकालीनदेखि मध्यकालीन र लामो समयको सहयोगको योजना बनाएको छ। भारत अहिले बन्दरगाह, पुन नवीकरणीय ऊर्जा र उत्पादनमा लगानी गर्न इच्छुक देखिएको छ। त्यहाँ गरिने लगानी अनुत्पादक भए यसले थप क्षति हुने कुरामा भारतीय वृत्त स्वतः सतर्क छ।
लामो समयदेखि रोकिएको ट्रीन्कोमेल खाडीमा ‘ वोयल ट्याङ्क’ बनाउने लगायतका अनेकौँ विषयमा भारत र श्रीलङ्का सकारात्मक छन्। यत्ति मात्र होइन निजी क्षेत्रसँग मिलेर थुप्रै भौतिक संरचना निर्माणको तयारी पनि भएको छ।
यो भारतीय सहयोगले दुखद र बिर्सन लायक आर्थिक दुरावस्थाबाट पार पाउँदै श्रीलङ्का बाहिर निस्कन सक्ने अपेक्षा गरिएको छ। धेरै भारतीय र श्रीलङ्काली अधिकारीको अपेक्षा हो कि त्यहाँको यो दुख क्षणिक हो। केही समयमा श्रीलङ्का बाहिर त आउने नै छ। साथै भारतले पनि छिमेकीको रूपमा निर्वाह गर्ने कर्तव्य पूरा गर्नेछ। एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया