६१ वर्षे वृद्ध जसले कोभिड विरुद्ध ९० डोज खोप लगाए « Khabarhub

६१ वर्षे वृद्ध जसले कोभिड विरुद्ध ९० डोज खोप लगाए


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिड-१९ विरुद्ध ९० डोज खोप लगाएको खुलासा भएको छ ।

जर्मनीको डीपीए समाचार संस्थाले जनाएअनुसार खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा कमाउन सकियोस् भनेर उनले खोप लगाएका हुन् ।

नाम सार्वजनिक नगरिएका पूर्वी जर्मनीको माग्दाबर्गका ती व्यक्तिले यसै महिनाको सुरुमा प्रहरीले फेला पार्नु अघि पूर्वी राज्य स्याक्सनीका विभिन्न खोप केन्द्रहरूमा पुगेर ९० पटक खोप लगाएका थिए । 

खोप लगाउन आग्रह गर्दै लगातार दोस्रो दिन स्याक्सनीको आइलेनबर्गमा रहेको खोप केन्द्रमा पुग्दा अन्ततः उनका क्रियाकलापको भण्डाफोर भएको थियो ।

उनलाई पक्राउ नगरिएपनि उनीविरुद्ध अनुसन्धानलाई भने अघि बढाइएको जनाइएको छ ।

खोप लगाउन नचाहने व्यक्तिहरूलाई वास्तविक खोप ब्याच नम्बरसहितको नक्कली खोप कार्डहरू बेच्न उनले बारम्बार कोभिड-१९ का खोपहरू लगाइरहेको डीपीएले जनाएको छ ।

फ्रि प्रेस पत्रिकाका अनुसार ६१ वर्षीय ती वृद्धाले दिनमा तीन पटकसम्म खोप लगाएका थिए । स्याक्सोनी राज्यमा मात्र उनले कोभिडविरुद्ध ८७ पटक खोप लगाएका थिए ।  

फरक फरक ब्रान्डका ९० डोज खोप लगाउँदा उनलाई कस्तो असर रह्यो भन्नेबारेमा केही प्रष्ट पारिएको छैन । खोप लगाउन जाँदा उनले हरेक पटक आफ्नो साथमा नयाँ, खाली खोप कागजात लैजाने गर्थे ।

खोप लगाएपछि उनले ब्याच नम्बरहरूको जानकारीसहितका पृष्ठहरू हटाएर खोप नलगाई खोपको प्रमाणपत्र देखाउन चाहने व्यक्तिहरूलाई बेचिदिएका थिए ।

खोप अपोइन्टमेन्टका लागि उनले आफ्नो नाम र जन्ममिति प्रयोग गरेर दर्ता गर्थे । तर अपोइन्टमेन्टहरूमा कहिल्यै आफ्नो स्वास्थ्य बीमा कार्ड प्रस्तुत नगरेको र सोही कारण उनीतर्फ शङ्काको सुई तेर्सिएको डीपीएको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : १५ बजे

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी

गोल्डेन बुटको रोमाञ्चक दौडमा मेसी अगाडि; एम्बाप्पे, हालान्ड र केनले अझै मानेका छैनन् हार

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने चासो

अघोषित लोडसेडिङ अन्त्य गरी नियमित विद्युत् आपूर्तिको माग

विराटनगर- मोरङ उद्योग व्यापार सङ्घले अघोषित लोडसेडिङ, पटक–पटक हुने ट्रिपिङ तथा

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन