६१ वर्षे वृद्ध जसले कोभिड विरुद्ध ९० डोज खोप लगाए | Khabarhub Khabarhub

६१ वर्षे वृद्ध जसले कोभिड विरुद्ध ९० डोज खोप लगाए


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिड-१९ विरुद्ध ९० डोज खोप लगाएको खुलासा भएको छ ।

जर्मनीको डीपीए समाचार संस्थाले जनाएअनुसार खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा कमाउन सकियोस् भनेर उनले खोप लगाएका हुन् ।

नाम सार्वजनिक नगरिएका पूर्वी जर्मनीको माग्दाबर्गका ती व्यक्तिले यसै महिनाको सुरुमा प्रहरीले फेला पार्नु अघि पूर्वी राज्य स्याक्सनीका विभिन्न खोप केन्द्रहरूमा पुगेर ९० पटक खोप लगाएका थिए । 

खोप लगाउन आग्रह गर्दै लगातार दोस्रो दिन स्याक्सनीको आइलेनबर्गमा रहेको खोप केन्द्रमा पुग्दा अन्ततः उनका क्रियाकलापको भण्डाफोर भएको थियो ।

उनलाई पक्राउ नगरिएपनि उनीविरुद्ध अनुसन्धानलाई भने अघि बढाइएको जनाइएको छ ।

खोप लगाउन नचाहने व्यक्तिहरूलाई वास्तविक खोप ब्याच नम्बरसहितको नक्कली खोप कार्डहरू बेच्न उनले बारम्बार कोभिड-१९ का खोपहरू लगाइरहेको डीपीएले जनाएको छ ।

फ्रि प्रेस पत्रिकाका अनुसार ६१ वर्षीय ती वृद्धाले दिनमा तीन पटकसम्म खोप लगाएका थिए । स्याक्सोनी राज्यमा मात्र उनले कोभिडविरुद्ध ८७ पटक खोप लगाएका थिए ।  

फरक फरक ब्रान्डका ९० डोज खोप लगाउँदा उनलाई कस्तो असर रह्यो भन्नेबारेमा केही प्रष्ट पारिएको छैन । खोप लगाउन जाँदा उनले हरेक पटक आफ्नो साथमा नयाँ, खाली खोप कागजात लैजाने गर्थे ।

खोप लगाएपछि उनले ब्याच नम्बरहरूको जानकारीसहितका पृष्ठहरू हटाएर खोप नलगाई खोपको प्रमाणपत्र देखाउन चाहने व्यक्तिहरूलाई बेचिदिएका थिए ।

खोप अपोइन्टमेन्टका लागि उनले आफ्नो नाम र जन्ममिति प्रयोग गरेर दर्ता गर्थे । तर अपोइन्टमेन्टहरूमा कहिल्यै आफ्नो स्वास्थ्य बीमा कार्ड प्रस्तुत नगरेको र सोही कारण उनीतर्फ शङ्काको सुई तेर्सिएको डीपीएको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : १५ बजे

विषाक्त रक्सी सेवनबाट भारतको पञ्‍जाबमा २१ जनाको मृत्यु

एजेन्सी – भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा

ट्रम्पको ‘उपहार’ प्रकरण : अमेरिकाको सर्वोच्च कार्यकारी निकायमा भ्रष्टाचारको गन्ध

काठमाडौं– अमेरिकी सरकारको सर्वोच्च कार्यकारी निकायमा भ्रष्टाचार र पदको दुरुपयोग

वैमनस्य बिर्सिँदै कांग्रेस-एमाले, बाजुराको विकासमा सहकार्य गर्न दुवै दलका नेताहरू सहमत

धनगढी– राजनीतिक लडाइँ र झगडाकै कारण चर्चामा रहने बाजुरालाई फरक

निजामती अस्पतालमै छन् ३ सय ७७ जना ज्यालादारी डाक्टर र नर्स

काठमाडौं– स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेका चिकित्सक र नर्स अस्पतालबाटै