इजरायलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु « Khabarhub

इजरायलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलमा भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । इजरायलको तेल अभिभ शहरमा भएको गोलीकाण्डमा अरु १२ जना घाइते भएका छन् ।

एकजना बन्दुकधारीले तेल अभिभ शहरको व्यस्त दिजेङ्गोफ सडकमा रहेको एउटा बारमा आक्रमण गरेका थिए । जथाभावी गोली प्रहार गरी फरार भएका उनलाई खोज्न १ हजार सुरक्षाकर्मी परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार उनलाई पछि सुरक्षाकर्मीले घटनास्थलबाट ६ किलोमिटर टाढा एउटा मस्जिदमा लुकेर बसेको अवस्थामा फेला पारेका थिए । सुरक्षाकर्मीको कारवाहीमा बन्दुकधारी मारिएको बीबीसीले जनाएको छ ।

बन्दुकधारी इजरायली अधिनस्थ प्यालेस्टाइनको जेनिन शहरका बासिन्दा २९ वर्षे राद हाजेम रहेको इजरायली प्रहरीले जनाएको छ ।

पछिल्ला केही समययता इजरायलमा यस्ता आक्रमणको घटनामा वृद्धि भएको बीबीसीले जनाएको छ । पछिल्ला केही सातायता जारी यस्ता आक्रमणमा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : ४५ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन