इजरायलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु « Khabarhub

इजरायलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलमा भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । इजरायलको तेल अभिभ शहरमा भएको गोलीकाण्डमा अरु १२ जना घाइते भएका छन् ।

एकजना बन्दुकधारीले तेल अभिभ शहरको व्यस्त दिजेङ्गोफ सडकमा रहेको एउटा बारमा आक्रमण गरेका थिए । जथाभावी गोली प्रहार गरी फरार भएका उनलाई खोज्न १ हजार सुरक्षाकर्मी परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार उनलाई पछि सुरक्षाकर्मीले घटनास्थलबाट ६ किलोमिटर टाढा एउटा मस्जिदमा लुकेर बसेको अवस्थामा फेला पारेका थिए । सुरक्षाकर्मीको कारवाहीमा बन्दुकधारी मारिएको बीबीसीले जनाएको छ ।

बन्दुकधारी इजरायली अधिनस्थ प्यालेस्टाइनको जेनिन शहरका बासिन्दा २९ वर्षे राद हाजेम रहेको इजरायली प्रहरीले जनाएको छ ।

पछिल्ला केही समययता इजरायलमा यस्ता आक्रमणको घटनामा वृद्धि भएको बीबीसीले जनाएको छ । पछिल्ला केही सातायता जारी यस्ता आक्रमणमा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : ४५ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको