अष्ट्रेलियाद्वारा युक्रेनलाई बख्तरबन्द गाडी सहयोग « Khabarhub

अष्ट्रेलियाद्वारा युक्रेनलाई बख्तरबन्द गाडी सहयोग


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अष्ट्रेलियाले सैनिक बख्तरबन्द गाडी प्रदान गरेको छ । गत साता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैनिक सहयोग गर्न आग्रह गरेको जवाफमा अष्ट्रेलियाले २० बख्तरबन्द गाडी सहयोग गर्न लागेको हो ।

३० मध्ये ३ बुशमास्टर गाडी युक्रेन जाने क्रममा रहेको बीबीसीले जनाएको छ । यी सैनिक सवारी साधनलाई युरोपको अज्ञात स्थलबाट युक्रेनतर्फ आपूर्ति गरिने जनाइएको छ ।

युद्धमैदानमा सैनिक एवम् गैरसैनिक सर्वसाधारणलाई यताउता लैजान उच्च सुरक्षा व्यवस्था भएको बुशमास्टर गाडीले सहयोग गर्ने बीबीसीले जनाएको छ ।

हालसम्म अष्ट्रेलियाले युक्रेनका लागि १९ करोड अष्ट्रेलियन डलर बराबरका सैनिक एवम् मानवीय सहायताको घोषणा गरेको छ भने धेरै रुसी नागरिकमाथि प्रतिबन्धको घोषणा गरेको छ । त्यस्तै, रुसी तेल आयातमा पनि अष्ट्रेलियाले कटौती गर्ने घोषणा गरेको छ ।

गत साता जेलेन्स्कीले अष्ट्रेलियाको संसद्लाई सम्बोधन गर्दै अष्ट्रेलियालाई सहयोगका लागि धन्यवाद दिएका थिए । जवाफमा अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले रुसी आक्रमणविरुद्ध अष्ट्रेलियन जनता युक्रेनको साथमा रहेको बताएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : १५ बजे

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ– घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही