नोबेल शान्ति पुरस्कार विजेता रुसी सम्पादकमाथि रातो रङ्ग छ्यापियो « Khabarhub

नोबेल शान्ति पुरस्कार विजेता रुसी सम्पादकमाथि रातो रङ्ग छ्यापियो


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसमा नोबेल शान्ति पुरस्कार विजेता सम्पादकलाई लक्षित गरी रातो रङ्ग प्रहार गरिएको छ ।

रुसी प्रशासन क्रेमलिनको आलोचक रुसी उदारवादी पत्रिका नोभाया गजेटाका सम्पादक एवम् अघिल्लो वर्ष नोबेल शान्ति पुरस्कार जितेका दिमित्री मुरातोभलाई लक्षित गरी रातो रङ्ग छ्यापिएको हो ।

उनीमाथि छ्यापिएको रङ्गमा एसिटोन नामक प्रज्वलनशील पदार्थ समेत मिसाइएको बीबीसीले जनाएको छ ।

राजधानी मस्को र सामरा शहरबीचको रेलमार्गमा घटना भएको हो । ‘मेरो आँखा बेस्सरी पोलिरहेको छ ।’ मुरातोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमण गर्ने क्रममा एकजना पुरुष आक्रमणकारीले ‘मुरातोभ, यो हाम्रा केटाहरूको तर्फबाट’ भनेर चिच्याएको सम्पादकले जनाएका छन् ।

रङ्ग आक्रमणपछिका तस्वीरहरू उक्त अखबारले सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजानिक गरेको छ । गत महिनामात्र उक्त अखबारले छापा र अनलाइन गतिविधि ‘युक्रेनमा रुसी विशेष सैनिक कारवाही नसकिँदासम्म’ बन्द गरिने जनाएको थियो ।

रुसी मिडिया नियामक रोस्कोम्नाद्जोरले युक्रेनमा जारी रुसी सैनिक गतिविधिलाई ‘युद्ध’ वा ‘आक्रमण’ भनी पुकार्न प्रतिबन्ध लगाइएका कारण त्यहाँका मिडियाहरूले यसलाई ‘विशेष सैनिक कारवाही’ भन्दै आएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : ३५ बजे

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको